लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समानता साकोसको खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा।समानता  बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया १ कटैया ,रुपन्देहीको आयोजनामा शनिबार   पहिलो  खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सहकारीको कटैया स्थित कार्यालय मा आयोजित कार्यक्रममा ३५  जनाले रक्तदान गरेको  कार्यक्रम संयोजक मोहन  सिहं ठकुरीले जानकारी गराएका हुन ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिका  रुपन्देहीका उपाध्यक्ष सुनिता चौधरीले  रक्तदान असाध्यै महत्वपूर्ण कार्य भएको बताए ।


उनले रगतको अभावले मानिसको ज्यान समेत जान सक्ने भएकोले ज्यान नजाओस् भन्नेतर्फ ख्याल राख्नुपर्ने बताए ।कार्यक्रममा विशिष्ट अतिथि ओमसतिया गाउँपालिका  वडा नम्बर १ अध्यक्ष  बेल बहादुर बरालले रक्तदान जिवनदान भन्ने मुल नाराले सार्थकता पाओस भनी यो कार्यक्रमलाई निरंतरता दिन शुभकामना दिएका थिए ।समानता सहकारीका अध्यक्ष टंक प्रसाद भुसालले सहकारीले आयोजना गरेको  रक्तदान कार्यक्रम पनि सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने भएकोले सहकारीले यसलाई निरन्तरता दिदैं जाने उल्लेख गरे ।कार्यक्रमको स्वागत मन्तव्य संयोजक मोहन  सिहं ठकुरीले गरेका थिए भने  सहकारीका उपाध्यक्ष स्याम बस्यालको  सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। 


कमेन्ट गर्नुहोस्