
कृषि, वन तथा मत्स्य मन्त्रालय, जापान र अन्तर्राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा ‘ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन ग्रामीण महिलाको भूमिका सम्बन्धी क्षमता विकास’ विषयक प्रशिक्षण कार्यक्रम महासंघका संचालक टिका न्यौपाने सहभागि हुनु भएको छ । थाइल्याण्ड र जापानमा सञ्चालन हुने उक्त विशेष प्रशिक्षण कार्यक्रमका सहभागि हुनुहुने संचालक न्यौपानेलाई ४ फागुनमा महासंघका उपाध्यक्ष डिवी बस्नेत, लेखा सुपरिवेक्षण समितिका संयोजक भिम तुलाचनले विदाई गर्नुभयो गर्नुभएको थियो। उक्त विदाई समारोहमा महासंघका महाप्रबन्धक सुरेश थापाको उपस्थिति थियो ।
उक्त प्रशिक्षण कार्यक्रम अन्तर्गत सहभागीहरूलाई फेब्रुअरी २ देखि १६ (२०२५) सम्म गृहकार्य गर्नुपर्ने छ । फेब्रुअरी १७ देखि २६ सम्म कार्यक्रमको पहिलो चरण बैंकक, थाइल्याण्डमा रहेको कोअपरेटिभ लिग अफ थाइल्याण्डको सहकार्यमा सञ्चालन भै १४ फागुनमा सकिएको छ । न्यौपाने ५ फागुनमा थाइल्यान्डतर्फ प्रस्थान गर्नुभएको थियो भने थाइल्याण्डबाट १४ फागुनमा जापान तिर प्रस्थान भएको बुझिएको छ। त्यसपछि फेब्रुअरी २६ देखि मार्च १२ सम्म दोस्रो चरण टोकियो, जापानस्थित इन्स्टिच्युट फर द डेभलपमेन्ट अफ एग्रिकल्चरल कोअपरेशन इन एसियामा हुनेछ । सो बिषयका प्रशिक्षणमा नेपालबाट एक्लैगई प्रतिनिधित्व गर्ने उनी मात्रै हुन्।
कमेन्ट गर्नुहोस्