
तिलोत्तमा,माघ २६।शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले आफ्नो वार्षिकोत्सबको अवसरमा ‘नेश्नल १० के रन’ गर्ने भएको छ । फागुन ११ गते १७ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय रन प्रतियोगिता ‘रन टु साईन’ दौड प्रतियोगिता हुने भएको हो ।बुटवलमा शनिबार पत्रकार सम्मेलन गरि बैकका सिईयो प्रकाश पौडेलले आम नागरिकलाई स्वस्थ्य सचेतना जगाउने गरि पहिलोपटक ठूलो राशीको दौड प्रतियोगिता गर्न लागेको बताए । खुला, स्थानिय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरि ३ विधामा आयोजना हुने प्रतियोगिता कखरा ईभेन्टमा सहकार्य, राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्विकृतीमा संचालन हुने उनले बताए ।
स्थानीय पालिकाहरुको समेत समन्वय र सहकार्य हुने प्रतियोगितामा १० किलोमिटर पुरुष र महिला दुबै विधाको खुलातर्फ विजेताले नगद १ लाख रुपैया, उपविजेताले नगद ४० हजार, तेस्रो चौथो, पाचौलाई क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए। यसैगरि स्थानिय धावकको ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरि दुई विधामा पुरुष, महिलाको विजेताले नगद १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रुपैया प्राप्त गर्ने उनले बताए । सामाजिक उत्तरदायित्वसंगै वातावरण जोगाउने गरि १७ हजार बोट बिरुवा वृक्षारोपण गरेको समेत बताए । काठमाडौ बाहिर हेड अफिस भएको एकमात्र राष्ट्रिय विकास बैक भएको उनले बताए ।
प्रतियोगिता कालिकानगर बैक परिसरबाट शुरु भएर मणिग्राम चोकबाट पुनः बैक परिसरमा समापन हुने छ। करीब २ हजार जना सहभागी हुने अनुमान रहेको कार्यक्रम आयोजनामा २० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।
कमेन्ट गर्नुहोस्