लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तस्करी मौलायो : बेलहियाबाट भारतीय रेडबुल कसरी राम्दी पुग्यो ?

IMG

तिलोत्तमा,माघ १९।रूपन्देही जिल्ला र पाल्पा जिल्लाका सुरक्षा घेरा छलेर भारतीय रेडबुल लगायतका सामान राम्दी पु¥याइएको छ । उक्त सामान राम्दी प्रहरीले नियन्त्रणमा लिएको छ ।तस्करी भइ रूपन्देही जिल्लाको सीमा नाकाबाट रूपन्देही र पाल्पा जिल्लाका सुरक्षाका घेरा छलेर पार भएको रेडबुल स्याङ्जा जिल्लाको राम्दी प्रहरी चौकीले शुक्रबार सांझ नियन्त्रणमा लिएको हो ।


भन्सार छली भएर रूपन्देही जिल्ला हुँदै पोखरा जान थालेको भारतीय रेडबुल राम्दी प्रहरी चौकीमा नियन्त्रणमा आउंदा कसरी एपीएफ र प्रहरी युनिट पार गरेर त्यहाँ सम्म कसरी पुग्यो भन्दै खैलाबैला मच्चिएको छ ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपीले रेडबुल चकलेट सहितका सामान गरी जम्मा १ लाख बराबरका सामान शुक्रबार नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।तस्करीको बाटो हुँदै दर्जनौ चेकिङमा सेटिङ मिलाउंदै भारतीय रेडबुल, सरफ, चकलेट लगायतका सामान ठूलो मात्रामा नाफा आउने कारण रूपन्देहीबाट स्याङ्जा हुँदै पोखरा जाने गरेको छ।


यो एक सानो उदाहरण मात्रै भएको जानकारहरु बताउंछन । ठूलो नाफा हुने हुंदा तस्करहरुको सेटिङमै खाद्यान्न सामान पोखरा दैनिकी जाने गरेको छ ।शुक्रबार सांझ राम्दी प्रहरीले पक्राउ गरेपछि सामान छुटाउन बुटवलको हिमानी एन्ड किराना पसलले रेडबुल र सर्फको ३४ हजार ८ सयको नक्कली बिल बनाएर राम्दी प्रहरी कहाँ पठाउन नपाउंदै बिलको तस्बिर बाहिर आएको थियो । भारतीय रेडबुल नेपालमा बिक्रीमा रोक लगाएपनि नाफा धेरै हुने कारण चोरी तस्करी हुँदै लुकाइ छिपाइ पोखरासम्म जाने गरेको छ ।


राजस्व कार्यालय शनिबार बन्द हुने हुंदा आज नै अनलाइन बिल बनाएर सामान हात पार्ने दाउमा तस्कर र ब्यापारीको ठुलो गिरोह लागेको सुचना बाहिर आएको छ । तस्करहरुले नेपालकै सामानको अनलाइन बिल बनाएर सामान हात पार्ने योजनामा लागेका छन् ।यता राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विवेक घिमिरेले यस विषयमा अनुसन्धान हुने बताए ।

कमेन्ट गर्नुहोस्