लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

IMG

तिलोत्तमा,माघ २।आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५५ हजार रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो । 

कमेन्ट गर्नुहोस्