लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विशेष अधिवेशन बोलाउन पहल गर्ने विपक्षी दलहरूको निर्णय

IMG

तिलोत्तमा,माघ २। सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो ।बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी  दिए । 


‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ ।  ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने ।बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।


विपक्षी ६ दलको निष्कर्ष: सरकारको स्वेच्छाचारी रवैया

विपक्षी दलहरूले सरकारले संसद्को हिउँदे अधिवेशन नबोलाएर स्वेच्छाचारी रवैया देखाएको निष्कर्ष निकालेका छन् ।सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै मंगलबार सिंहदरबारमा बसेको विपक्षी ६ दलको बैठकबाट आपत्ति जनाइएको छ ।“नियमति संसद् अधिवेशन नबोलाएर स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्ने रवैया देखिएको छ । हामी ६ दलको चासो सरकार स्वेच्छाचारी बनेको भन्ने,” नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भने, “संसद्लाई छल्न खोजेको छ । अध्यादेश ल्याइएको छ । कानुन निर्माण गर्ने मूल जिम्मेवारी हिउँदे अधिवेशन हुने गर्छ ।


”विपक्षीले तत्काल हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् । अध्यादेश ल्याइनुभन्दा पनि जनताका चासोका विषयमा संसद्‌मा नै छलफल गर्नुपर्नेमा पुनले जोड दिए ।बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, डा। बेदुराम भुसाल, प्रभु साहलगायत नेताहरू सहभागी थिए ।

कमेन्ट गर्नुहोस्