
तिलोत्तमा,पौष २० गते।जिल्ला सहकारी संघ रुपन्देहीको वार्षिक साधारण सभा आज लुम्बिनी प्रदेशका सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा तथा संघका अध्यक्ष भिम तुलाचनको अध्यक्षता वरिष्ठ उपाध्यक्ष डोलराज अर्यालको स्वागत तथा महासचिव दामोदर पंगेनीको संचालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार हरि काफ्ले, महेश्वर श्रेष्ठ जिल्ला वचत संघका अध्यक्ष बसन्त ढकाल साथै लुम्बिनी प्रदेश वचत तथा ऋण सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्ण चौहान लगाएतले शुभकामना मनतब्य राख्नु भएको थियो ।उद्घाटन सत्रको समापन तथा धन्यबाद ज्ञापन गर्दै उपाध्यक्ष टिका गौतमले सहकारीको सुशासनका निम्ति बिशेष आर्थिक अनुशासन हुनुपर्ने बताउनुभएको थियो।
साधारण सभामा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन संशोधन सहित सर्बसम्मतले अनुमोदन गरियो ।साथै लेखा सुपरिवेक्षण समितिका संयोजक जगन्नाथ गौतम, सदस्य लोकहरी पाण्डेले दिनुभएको राजीनाममा सभाले सर्वसम्मत अनुमोदन गरि अधिवक्ता शरद भट्टराईको संयोजक रहेको तीन सदस्यीय उप निर्वाचन समिति गठन गरेको आयोजकले जानकारी दिनुभएको थियो ।निर्वाचन समितीमा अधिवक्ता शरद भट्टराईको संयोजकत्वमा कृष्ण चौहान र सरु राना रहेको तीन सदस्यीय उप निर्वाचन समिति गठन गरेको महासचिव दामोदर पंगेनीले जानकारी दिएका हुन।संघले विभिन्न उपसमिति तथा सहकारी संजाललाई प्रशंसा पत्रले सम्मान गरेको थियो ।
कमेन्ट गर्नुहोस्