
तिलोत्तमा,पौष १५ गते।आकर्षक तलबमा वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम असुलेको आराेपमा रूपन्देहीको सैनामैनाका एक युवा काठमाडौबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीकाे सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओमप्रकाश चौधरी रहेका छन् ।उनलाई आइतबार काठमाडौं ठमेलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
चाैधरीले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्