
तिलोत्तमा,पौष १२ गते। बजारमा अहिले थरि थरिका साइज र प्रकारका अण्डा आउन थालेका छन्। साइज तथा प्रकार फरक भएपनी त्यसको दररेट भने उत्तिकै छ। नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । आज संघको भर्चुअल माध्यमबाट बसेको बैैठकले चितवनलाई आधार मानी शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो ।
शनिबारबाट मध्यम अण्डाको मूल्य पाँच सय रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ५ सय १४ रुपैयाँ पुगेको हो । यसअघि २७ मंसिरमा संघले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ तोकेको थियो ।संघले चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पु¥याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटि १४० रुपैयाँ थप लाग्ने जनाएको छ ।
कमेन्ट गर्नुहोस्