
तिलोत्तमा,पौष १० गते।चांगन मोटर्सको दिपाल र चेरीको ओमोडा इलेक्ट्रिक कारले भन्सार छल्न मोटरको पिक पावर घटाएको पाइएको छ । अन्य देशमा उपलब्ध हुने यी कारमा जडान गरिएको मोटरको अधिकतम क्षमता १५० किलोवाट रहे पनि नेपालमा भने ९९ किलोवाटको भित्र्याइने गरिएको हो ।चांगनको दिपाल कार नेपाली बजारमा एमएडब्लू इन्टरप्राइजेज अन्तगर्तको एमएडब्लू वृद्धि अटोकर्पले बिक्री गदै आएको छ । यस्तै चेरीको ओमाडा शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले विक्रिी वितरण गर्दै आएको छ ।रमाइलो कुरा त के छ भने नेपालमा उपलब्ध यी दुवै कारमा जडित मोटरको पिक पावर ९९ किलोवाट छ ।
नेपालमा १०० किलोवाटभन्दा बढी मोटर पिक पावर रहेका विद्युतीय सवारीलाई बढी कर लाग्छ । ५१ देखि १०० किलोवाटसम्मका ईभीमा ५० प्रतिशत थियो । बजेटबाट कर बढाएर अहिले ६३ प्रतिशत पुर्याइएको छ । १०१ देखि २०० किलोवाटसम्म ७१ प्रतिशतबाट ८५ प्रतिशत बनाइएको छ । अर्थात १०१ देखि २०० किलोवाटका ईभीले ८५ प्रतिशत कर तिर्नुपर्छ ।सरकारको यही व्यवस्थाअनुसार धेरै भन्सार तिर्नबाट जोगिन यी कम्पनीले नेपालमा कम क्षमताको गाडि उपलब्ध गराउने गरेका हुन् ।यसअघि राजस्व अनुसन्धान विभागले एट्टो थ्री नामक मोडलमा यस्तै काम गरेको भन्दै बीवाईडीको नेपालका लागि आधिकारित विक्रेता साइमेक्स इंकमा छापा हानेको छ ।
बीवाईडीको गाडी बेच्ने साइमेक्समा राजस्वको छापा, कागजमा नक्कली क्षमता देखाएर भन्सार छलेको आरोप अचम्मको कुरा त के छ भने विदेशमा उपलब्ध हुने एट्टो थ्रीसँगै ओमोडा ई फाइभ र चांगनको दिपाल एल०७ ले दिने टर्क र नेपालमा पाइने ती कारले दिने टर्क बराबर छ ।पेट्रोलियम कारमा सीसी भने झैं विद्युतीय सवारीमा मोटरको पिक पावर हुन्छ । जति धेरै मोटरको पिक पावर उति ठूलो क्षमता हुने भन्ने बुझिन्छ । जसअनुसार कम पिक पावर भएको मोटरले दिने टर्क (सामान्य भाषामा भन्नुपर्दा ‘पिकअक’) बढी पिक पावरले दिनेभन्दा कम हुनुपर्छ ।
नेपालको उपलब्ध हुने ओमोडा ई५ को मोटर पावर ९९ किलोवाटमात्र छ । जबकि चिनियाँ यो कार कम्पनीले विश्वका अन्य बजारमा १५० किलोवाटको कार पठाउँछ ।ईभीमा कम किलोवाट देखाएर कर छल्ने प्रवृत्ति ‘बन्द’, जाँचपासमा सजग हुन भन्सार विभागको निर्देशन यसैगरी नेपालमा उपलब्ध हुने दिपाल एल०७ को पिक मोटर पावर ९९ किलोवाटमात्र छ । जबकि चिनियाँ यो कार कम्पनीले विश्वबजारमा उपलब्ध गराउने दिपाल एल०७ मा १९० किलोवाटको मोटर दिइएको छ । दिपाललाई सन्लान पनि भनेर चिनिन्छ ।ओमोडाको टर्क ३४० एनएम छ भने दिपालको ३२० एनएम छ । यो अन्य देशमा उपलब्ध ठूलो मोटर क्षमताको मोडलबराबर हो।यस्तै प्रकारको प्रवृत्ति एट्टोथ्रीमा पनि देखिएका कारण राजस्व अनुसन्धानले सो कार ल्याउने कम्पनीमा छापा हानेको थियो ।
साभार : क्लिक्माण्डू
कमेन्ट गर्नुहोस्