लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हिरो एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक

tillotmacitynews - 2024 Dec 20 08:17 PM
IMG

तिलोत्तमा, पौष ५ गते।हिरो मोटरसाइकलको लागि भैरहवा क्षेत्रको आधिकारिक विक्रेता युनाईटेड बिजनेश कर्प प्रा.लि.ले दुई नयाँ मोटरसाइकल–एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरिएको छ । बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच प्रा.लि.ले मोटरसाइकलहरु सार्वजनिक गरेको हो ।एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३ लाख ८४ हजार ९ सय र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९ सय रुपैयाँ र एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९ सय रुपैयाँ तोकिएको प्रा.लि.का सञ्चालक दिपेन्द्र यादवले बताए ।उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, आफ्नो श्रेणीकै सबैभन्दा तीव्र गतिको मोटरसाइकल भएको यादवले दावी गरे । यसलाई अझ उच्चस्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्ने उनको भनाइ छ । 


‘१४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ, ’यादवले भने, ‘एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरूसहितको रोबोटिक हेडल्याम्प, अण्डर काउल र हगर फेन्डर पनि उपलब्ध रहेको छ ।आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुने युनाईटेड बिजनेश कर्प प्रा.लि.का अध्यक्ष नन्दलाल यादवले बताए ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले मोटरसाइकल विक्री मात्र नभइ विक्रीपछिको सुविधामा पनि ध्यान दिन विक्रेतालाई आग्रह गरे । उनले विक्रीपछिको सर्भिसिङ, पार्ट्सको उपलब्धता तथा ग्राहकको सेवामा प्रतिबद्ध हुन सके मात्र सफल हुने धारणा राखे । 

कमेन्ट गर्नुहोस्