लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एसियाली विकास बैंक अगाडि लाग्यो ‘ऋण होइन, अनुदान’ नारा

IMG

तिलोत्तमा,पौष १ गते।चीनसँग सरकारले बीआरआई फ्रेमवर्क सम्झौता अघि बढाउन लाग्दा प्रतिपक्षीमात्रै नभई सत्तारुढ कांग्रेसबाट ऋण होइन, अनुदान भन्ने आवाज उठेको थियो । त्यसै नाराको दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली आफैंले दरबारमार्गमा ७ मंसिरमा आयोजित कार्यक्रममा चीनसँग ऋण होइन, अनुदानमा सहयोग लिने सफाइ दिनु परेको थियो ।चीनसँग एड फाइनान्सिङ शब्द राखेर सम्झौता गरिए पनि कांग्रेसकै नेताहरु यसको मोडालिटी के हो भन्ने प्रश्न उठाइरहेका छन् ।


यसै परिप्रेक्ष्यमा सोमबार राजधानीको एसियाली विकास बैंक एडिबी कार्यालयअघि ऋण होइन, अनुदान भन्ने नारा लाग्यो ।नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी) र जलवायु कार्यान्वयनका लागि १५ करोड ७० लाख अमेरिकी डलर (करिब २१ अर्ब २३ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता भए पनि काठमाडौंमा यसको विरोध सुरु भएको छ ।


अर्थमन्त्रालयमा गत बुधबार उक्त सहमति भएको थियो, जसको विरोधमा जलवायु न्यायको लागि लड्ने संस्थाहरूले प्रदर्शन आयोजना गर्नुपरेको बताएका हुन् ।सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता भएको ऋण सम्झौता गर्न नहुने भन्दै वातावरणमा काम गर्ने ओमकार सुवेदी को नेतृत्वमा जलवायु अभियन्ता अभिषेक श्रेष्ठ, युवा अभियानका बामदेब पौडेल , स्वतन्त्र युवा बिद्यार्थीको उपस्थितिमा प्लेकार्ड प्रदर्शन भएको थियो ।बुधबार अर्थसचिव रामप्रसाद घिमिरे र एडिबीका कन्ट्री डाइरेक्टर एर्नाड काचोसले उक्त सम्झौता गरेका थिए ।

कमेन्ट गर्नुहोस्