
तिलोत्तमा, १९ मंसिर २०८१।तिलोत्तमा व्यापार संघको आयोजनामा मणिग्राममा जारी दोस्रो संस्करणको तिलोत्तमा महोत्सव २०८१ को भोली बिहिबार समापन गरिदै छ ।मेलाको समापन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले दिउसो १:३० बजे गर्ने कार्यक्रम तय गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक नेत्र प्रसाद न्यौपानेले जानकारी गराउनु भयो ।
त्यस्तै समापनकै दिन बिहिबार दोहोरी गीत प्रतियोगिताको फाईनल प्रतिस्पर्धा हुनेछ भने ख्याति प्राप्त गायक हेमन्त शर्मा,लोक तथा दोहोरी गायक कुलेंद्र बिश्वकर्मा,लोकन्द्र सापकोटा, श्याम बोहोरा र युवाहरुको ढुकढुकी र्यापर जिबब समेत आउने कार्यक्रम तय भएको छ। साथै स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
समापनकै अवसरमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गरिने छ । मेलामा बुधबार पुस्कल शर्मा, शान्ति श्री परियार, तेजु अर्याल तथा आधुनिक कलाकारहरुको प्रस्तुती रहेको थियो । मेला समापनमा मेलामा राखिएका बिभिन्न उत्पादनका उत्कृष्ट स्टल धनीहरु, मेला सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको संघका सुरक्षा तथा पार्किंग उपसमितिका संयोजक शित्तल ज्ञवालीले जानकारी गराउनुभयो ।
कमेन्ट गर्नुहोस्