
तिलोत्तमा, १६ मंसिर २०८१। सरकारले तोकेको ढुवानी भाडा प्राप्त गनर्का लागि ओभरलोड र भारतीय गाडीहरुको भन्सार बिन्दुमै पल्टी हुनुपर्ने यातायात व्यवसायीले माग गरेका छन ।भारतीय गाडिहरुले निर्वाद रुपमा ओभरलोड बोक्दा नेपाली सडक, पुलपुलेसा र नेपालीट्रक व्यवसायी आफ्नो पेशाबाट विस्थापित हुदै गएको उनीहरुले गुनासो समेत गरेका छन ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको शनिबार सम्पन्न २४ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीका अगुवाहरुले कानुनबिपरित ओभरलोड बोक्न नपाइने भएपनि सोको नियमन नहुदा व्यवसायी मारमा परेको बताएका छन ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउनुको अर्को कुनै विकल्प नभएको बताउनु भयो ।नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायीमुखि नीति नहुंदा व्यवसायीले वर्षौदेखि समस्या भोग्दै आउनु परेको उल्लेख गर्दै यातायात व्यवसायी विस्थापित हुंदापनि सरकारले न्याय दिन नसकेको गुनासो गर्नुभयो ।भरलोड बोक्नु कानुनविपरित भएको बताउंदै ओभरलोड बोक्ने गाडीलाई अब सडकमै सामान झारेर कारवाही गर्नुपर्ने र त्यसका लागि महासंघ प्रतिवद्वभएर लागि परेको अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।
दुर्घटनाको एउटा कारण ओभरलोड भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि चालकहरुलाई तालिमदिने र ट्राफिक प्रहरीसंग समन्वय, सहकार्य गर्ने श्रेष्ठले बताउनु भयो । उहाँले यातायात व्यवसायीहरुको लगानी असुरक्षित भएको उल्लेख गर्दै व्यवसायीका हितका लागि भ्याटमा जानु पर्नेमा जोड दिनुभयो ।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा ट्रक तथा यातायात व्यवसायीलाई पार्किङको समस्या भएको बताउंदै जग्गाको खोजी गरेर पार्किङलाई व्यवस्थित गराउन सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।बुटवल उपमहानगरपालिका व्यवसायीको पक्षमा रहेको बताउंदै कोही पनि व्यवसायी आफ्नो पेशाबाट विस्थापित नहुने गरी कार्यक्रम ल्याउन प्रमुख पाण्डेयले आग्रह गर्नुभयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले व्यवसायीको हित र संस्थाको संस्थागत विकासका लागि काम भैरहेको बताउनु भयो ।कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानिया पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठ, माओवादीका निमानन्द गैरे, समाजवादी पार्टी नयां शक्तिका केन्द्रिय सदस्य पंकज राई, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, ढुवानी व्यवसायी समिति बुटवलका अध्यक्ष जीतबहादुर भाट, गण्डकी यातायात व्यवसायी समिति पोखराका अध्यक्ष सुरेन्द्र त्रिपाठी, सुरक्षित यात्रा नेपालकाअध्यक्ष कृष्ण बेल्वासे लगायतले बोल्दै सरकारले यातायात व्यवसायीका समस्या सम्बोधन गर्न नसकेको गुनासो गर्नु भएको थियो ।
साधारण सभाले महासचिव खिमबहादुर थापाद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शंकर प्रसाद लम्सालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित पारित भएको छ । वरिष्ठ उपाध्यक्ष कमल घिमिरेको स्वागत र प्रकाश गैरेको सञ्चालनमा भएको साधारण सभामा समितिमा विगत २४ वर्ष देखि काम गरेर विदा हुनु भएका कार्यालय प्रमुख बाबुराम अधिकारी, उत्कृष्ट कार्य गर्ने कर्मचारी र व्यवसायीलाई सम्मान गरिएको थियो ।
कमेन्ट गर्नुहोस्