
तिलोत्तमा,मङ्सिर २ गते। तिलोत्तमा ब्यापार संघ रुपन्देहीको आयोजनामा मङ्सिर ६ गते देखि हुन् गैरहेको तिलोत्तमा ब्यापार मेला २०८१ को संघारमा अन्तरक्रिया गरेको छ। संघले अध्यक्ष नेत्र प्रसाद न्यौपानेको अध्यक्षतामा तिलोत्तमाका रानजीतिक दल र निर्वाचित जना प्रतिनिधिसंग छुट्टाछुट्टै अन्तरक्रिया गरेको हो।तिलोत्तमा मेला तिलोत्तमाकै शान र पहिचान भएकोले सबैको सहयोगले मेला सफल हुने अध्यक्ष नेत्र प्रसाद न्यौपानेले बताएका छन्। संघ संस्था, प्रतिनिधी, राजनीतिक दलको सुझाव सल्लाह अनुसार अघि बढ्दै मेलालाई मर्यादित र भब्य बनाउन आफुहरु लागिपरेको बताउदै अध्यक्ष न्यौपानेले विभिन्न उपसमिति चयन गरी मेलालाई सफल पार्न तिब्र गतिमा काम भैरहेको समेत बताए।
राजनीतिक दलका प्रतिनिधिहरुले तिलोत्तमाको स्थानिय सेवा सुबिधा तथा उत्पादनलाई टेवा दिदै त्यसको संरक्षण र प्रबर्द्धन गर्न सके मेलाको औचित्य रहने कुरा बताएका थिए। त्यस्तै मेलाको अन्तरक्रियामा बोल्दै तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि वडा नम्बर-१ देखि १७ सम्मका प्रतिनिधिले स्थानिय कृषि,उद्धम, ब्यापार तथा उत्पादनलाई प्रदर्शनी गर्दै बजारीकरणका लागि थप बल पुग्ने बताए।कार्यक्रममा चेम्बर अफ कमर्शका जे पी कंडेल, तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष फर्शुराम गिरि, २ का अध्यक्ष डिल बहादुर भट्टराई, ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेल, १० का अध्यक्ष गोपाल प्रसाद घिमिरे, ११ का अध्यक्ष बिष्णु बहादुर बराल क्षेत्री, लगायतका वडा सदस्यहरुले आ-आफ्ना शुभेछ्या सहित सल्लाह सुझाव प्रदान गरेका थिए।
मेलाले उद्योग, व्यवसाय, कृषि र पर्यटन क्षेत्रको प्रबर्द्धन गर्नुपर्ने र यसका लागि तिलोत्तमाको पहिचान कायम गर्नेगरी अघि बढ्न पनि आयोजकलाई सुझाव दिए ।मेला तथा महोत्सवबाट बालउद्यानका नाममा लाखौं रकम विदेशिने गरेको उल्लेख गर्दै उनले स्वदेशी पुँजी पलायन हुनबाट रोक्ने दायित्व उद्योगी व्यवसायीको पनि भएको बक्ताहरुले बताएका थिए । स्वदेशी उत्पादनलाई महोत्सवमा उच्च प्राथमिकता दिन सहभागीहरुले आग्रह पनि गरेका छन्।मेला यही मङ्सिर ६ गते देखि १८ गतेसम्म तिलोत्तमा-५ मणिग्राम चोकदेखि दक्षिण, सिद्धार्थ राजमार्गको पूर्व प्रदर्शनी मण्डपमा सञ्चालन हुनेछ ।
कमेन्ट गर्नुहोस्