
बुटवल, २२ कार्तिक।रूपन्देही व्यपार संघले साता व्यापी कार्यक्रम गर्दे रजत महोत्सव मनाउदै छ । कार्यक्रममा रजत महोत्सव समारोहका संयोजक प्रकासराज पौडेलले संस्थाले व्यवसायीकसँगै सामाजिक कार्य गर्दे आईरहेको रजत महोतसवमा पनि सामाजिक कार्यक्रमहरू धेरै रहेको बताए ।
बुधवार पत्रकार सम्मेलनमा बोल्दै संस्था अध्यक्ष दिपकप्रसाद अधिकारीले कार्तिक २२ गते मानव सेवा आश्रम भलवारी र सुख्खानगरमा गरी २ सय जनालाई खाद्यान्न तथा लत्ताकपडा वितरण,२३ गते रूपन्देही जिल्ला व्यापारको ईतिहास, वर्तमान र भावी चुनौती विषयामा जिल्ला स्तरिय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता, २४ गते संघ संस्था स्तरिय मैत्रीपूर्ण फुटसल प्रतियोगिता, २५ गते संघका वस्तुगत उपसमितिहरूबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, २६ गते वृहत रक्तदान, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा फलफुल वितरण, प्रभातफेरी र रूपन्देहीमा स्थानीय प्रदेश तथा संघिय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठीको आयोजना गरेको जानकारी दिए । उनले कार्तिक २८ गते विभिन्न कार्यक्रमसँगै मुल समारोहको आयोजना गरिएको जानकारी दिए । उनले संघले रजत महोत्सव कै अवसरमा कार्तक ३ गते सालझण्डी र कार्तिक १० गते सेमलारमा निःशुल्क स्वास्थ्थ सिविर सगै १५ लाख भन्दा बढिको निःशुल्क औषधी वितरण गरेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्