लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली चिया तथा कफीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै

IMG

तिलोत्तमा, २० कार्तिक २०८१।  अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा ७२ मेट उत्पादन गरी नौ करोड ६० लाख रुपैयाँको निर्यात गरिएको थियो ।बोर्डले आर्थिक वर्ष २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।


आर्थिक वर्ष २०७८/०७९ मा देशभर चार सय ५० मेट कफी आयात गरी ३२ करोड रुपैयाँ खर्च गरिएकामा आर्थिक वर्ष २०७९/०८० मा  १० करोड रुपैयाँको मात्र आयात गरिएको थियो ।बोर्डका निर्देशक दीपक खनालले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्