
तिलोत्तमा सिटी, २०८१,कार्तिक १३ गते । आफ्नो घर वरपर पाइने बनस्पतिबाट सावुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षिया मनिता घिमिरेले आफ्नोे जिविकोपार्जन गर्दै आउनुभएको छ ।
करिव ७ वर्षअघि काठमाडौंमा विदेशीले सिकाएको सावुन बनाउने तालिममा सहभागी हुँदा त्यसबाट आफुले सिकेको र आफ्नै स्थानीय क्षेत्रमा पाइने बनस्पतिबाट सावुन बनाउन सकिन्छ भन्ने थाहा पाई धरान फर्किएर साबुन बनाउन शुरु गरेको उहाँले बताउनुभयो । घरमै सावुन बनाई घरबाट नै बिक्री हुने भएकाले खासगरी महिला दिदिबहिनीका लागि धेरै फाइदा हुने काम भएको उहाँले बताउनुभयो । हाल तितेपाती, गाँजाको पात, चारकोल, निमको पात र महबाट सावुन बनाउँदै गरेको घिमिरेले बताउनुभयो ।
शुरुवाती समयमा भने गाँजरको फेसवास बनाउन शुरु गरेपनि हाल सावुनको माग धेरै रहेकोले सावुन मात्र बनाउने गरेको उहाँले बताउनुभयो । “आफुले गरेको लगानीको ४० प्रतिशत नाफा रहने भएकाले यही पेशाबाट घरखर्चदेखि आफ्नोलागि सबै खर्च गर्न पुगेको उहाँले बताउनुभयो ।
यो साबुनको लागी विहान फिटेर बनायो भने बेलुका सम्म सावुन तयार हुन्छ भने ३ दिन देखि ४ दिनसम्म सुक्न समय लाग्ने उहाँको भनाइ छ । आफुले सावुन बनाउन थालेपछी अन्य क्षेत्रहरुमा पनि सावुन बनाउने तालिम दिएको बताउनुभयो ।
हाल एउटा सावुनको मूल्य १ सय ७५ रुपिंया रहेको उहाँले बताउनुभयो । महको सावुन भने ७० ग्रामको १५० रुपिंया रहेको बताउनुभयो । उहाँले अनलाईन बाहेक मेला महोत्सवमा पनि स्टल राखी स्थानीय वनस्पतिहरुको सावुन बेच्ने गरेको बताउनुभयो । यसबाट घरमै बसेर पनि स्वरोजगार भइने भएकाले सबै स्थानीय तहबाट यसको तालिम दिन सके आफ्नै वरपर भएको वनस्पतिबाट सावुन बनाइ धेरै मानिसले जीविकोपार्जन गर्न सक्ने उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्