
तिलोत्तमा,२०८१ असोज १९ गते। तिलोत्तमा नगरपालिका-१५, कोटिहवा स्थिथ जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका कार्यबाहक अध्यक्ष गिरि प्रसाद पुनको अध्यक्षता र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
गत शनिबार १० वटा शाखामा एकाइगत साधारणसभा सम्पन्न गरेको साकोसले आश्विन १९ गते प्रतिनिधिमूलक निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो । समुदायमा आधारित जनउत्थान साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।
साकोसका कार्यबाहक अध्यक्ष पुनले सदस्यहरुलाई आर्थिक तथा व्यवसायिक रुपमा सक्षम बनाउन जनउत्थान साकोसले निरन्तर कार्य गरिरहेको बताए। जनउत्थान साकोसले केहि महिना अगाडी मात्र एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको थियो । सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने लगायतका सामाजिक कार्य गर्दै आएको साकोसले विपद कोषका लागि रकम हस्तान्तरण गरी वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको थियो।
सो अवसरमा बोल्दै आफ्नो सहजीकरण सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनउत्थान संग लामो समयदेखि आफु परिचित रहेको र सहकारीको यो कठिन घडीमा समेत जनताको मन जित्दै समजपयोगी कार्यगरेको प्रति खुसि व्यक्त गर्दै आगामी कार्यकालको सफलाताको कामना समेत गरेका छन्। त्यस्तै कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर उप प्रमुख जगेश्वर देवी चौधरीले सहकारीको माध्यम बाट महिलाको ससक्तिकरण गर्दै आएको जनउत्थानले समाज र देशका लागि निकै ठुलो काम गरेकोमा खुसि ब्यक्त गर्दै नव निर्वाचित सबै टिमलाई बधाई सहित शुभकामना दिएकी थिइन्।
संस्थाकी निबर्तमान अध्यक्ष ज्ञानु पौड्यालले सहकारीको उदेश्य पूर्तिका लागि संचालक सदस्य, कर्मचारी,शेयर सदस्यहरुको लगावले संथाले यो प्रगतिको शिखर चुमेको प्रती खुशी व्यक्त गर्दै सबै सहयोगीलाई धन्यबाद दिईन। पछिल्लो समय सहकारीको नाममा जनता प्रति निराशा पैदा भैरहेको बेला जनउत्थानले आफ्नो उदेश्यमा अडिग रही सफलता हासिल गरेकोमा निबर्तमान अध्यक्ष पौड्यालले थप खुसि ब्यक्त गरिन।
साकोसकी सचिव सरु रानाले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साकोसका सदस्यले संस्थाबाट ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको र समाजमा जनउत्थानको नाम उचो बनाएको समेत बताइन। संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक बर्षमा पनि धेरै सदस्य लाभान्वित भएको उनले बताइन। संस्थाकी कोषाध्यक्ष विष्णुमाया कुँवरले आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थालाई दिगो रुपमा सबल बनाउन सबैको सहयोगको खाँचो रहेको र त्यसप्रती संचालक सदस्यहरु पुर्ण जिम्मेबार रहेको जानकारी गराइन । कार्यक्रममा जनउत्थानका व्यवस्थापक रन बहादुर थापा,लुम्बिनी साँस्कृतिक नगरपालिकाका उप प्रमुख कल्पना हरिजन,सूचना प्रबिधी शाखाका प्रमुख संस्थाको बारेमा लगायतले बोल्नुभएको थियो।
संस्थाको अध्यक्षमा गिरी प्रसाद पुन निर्वाचित
जनउत्थान साकोसले प्रतिनिधिमूलक निर्णय प्रमाणित सभाको आयोजना गर्दै कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षतामा आगामी कार्यक्राल्को लागि नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सरु राना,सचिव अन्जु जैसी,कोशाध्यक्ष निल प्रसाद पुन सहित संचालक समिती सदस्यहरुमा गङ्गा सुबेदी, बिष्णु माया कुँवर, सिता पाण्डे,खिम बहादुर राना,सफ़िउर्हमान अन्सारी,भएर बहादुर थापा, जोग बहादुर सुर्यबंशी, पुरन बहादुर शाही , लिला कुमारी थापा चयन गरेको छ। साधारण सभाले खुमाकान्त अधिकारीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ। जसको सदस्यहरुमा राम बहादुर सोमार र रुपा भण्डारी रहेका छन्।
सहकारी पत्रकारिता पुरस्कारबाट तिलोत्तमा सिटीका पत्रकार न्यौपाने सम्मानित
तिलोत्तमा सिटी न्युजका सम्पादक मोहन न्यौपाने तिलोत्तमा –१५ स्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको जनउत्थान सहकारी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सहकारीको शनिबार सम्पन्न १९ औ साधारण सभाको अवसरमा गरिएको पत्रकार सम्मान कार्यक्रममा न्यौपाने सम्मानित भएका हुन्। पत्रकार न्यौपानेलाई संस्थाका कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुन, प्रमुख अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेश्वर देवी चौधरी, लुम्बी सांस्कृतिक नगरपालिकाका उप प्रमुख कल्पना हरिजन, निबर्तमान अध्यक्ष ज्ञानु पौडेल लगायतले सम्मान पत्र , नगद रु १५ हजार रुपैया सहित पुच्पा गुच्छाले सम्मान गरेका हुन्।समाचारको माध्यमबाट संचार जगतमा सहकारीको प्रचार प्रसारमा योगदान गरेबापत सहकारीले हरेक बर्ष एकजना पत्रकार सम्मान गर्दै आएको छ।
कमेन्ट गर्नुहोस्