
तिलोत्तमा, २०८१ भद्र २९ गते।टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी अटो ट्रेडिङ बुटवल कालिकानगरले एसिई ईभि लन्चिङ गरिएको छ। मुल्य २१ लाख ९९ हजार रहेको ईभिको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल,गण्डकी अटो ट्रेडिङका प्रमुख पुरन ज्ञवाली ,मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण भट्टराइ लगायतले लन्च गरेका छन् ।
उद्घाटनपछि बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले गाडि भनेकै टाटा भन्ने स्थापित भएको बतानुभयो।उहाले ईभिले बजार बिस्तार गरिरहेको भन्दै अब टाटाले निशु्ल्क चार्जिङको सुविधा दिनुपर्ने धारणा राख्नुभयो। गण्डकी अटो ट्रेडिङका प्रमुख पुरन ज्ञवालीले कम्पनीका उत्पादनहरूलाइ सहि सुझाव दिन सकेमा समयसापेक्ष उत्पादन बजारमा आउने बताउनुभयो ।
पछिल्लो समय इभिले फड्को मारेको बताउनुभयो । नया लन्च भएको इभिले १५४ किमि माइलेज दिने बताउनुभयो । एकपटक चार्जले १५४ किमि गुड्ने,ब्रेक हान्दा अटो चार्ज हुने लगायतका बिशेषता रहेका छन् ।सो अवसरमा लुम्बिनी साना तथा मझौला ढुवानी ब्यवसायी समिति सुमन सापकोटा सिप्रदि पत्थरडाडा शाखा प्रमुख सागर कोइराला , खेमराज आचार्य ,रूकबहादुर टण्डन लगायतले बोलेका थिए ।नया गाडिको मुल्य ईभि फ्याट्बेड २१ लाख लाख ९९ हजार,सिएलबि २२लाख ७९ हजार र ईभि कन्टेनर २२ लाख ९९ हजार रहेको सिप्रदि बुटवलका सुरज लामिछानेले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्