लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुन ११ सय,चाँदी पाँच रुपैयाँले घट्यो

IMG

तिलोत्तमा, भदौ ६ गते २०८१। हिजो अहिलेसम्मकै उच्च मूल्य भएको सुन आज तोलामा ११ सय रुपैयाँले घटेको छ। आज सुन तोलाको एक लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ भएको थियो ।


त्यस्तै आज चाँदी पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्