
तिलोत्तमा,साउन २६ गते २०८१। चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको १७ औं वार्षिक साधारण सभा २०८१ भदौ १ गते शनिबार हुने भएको छ । साउन ५ गतेको नियमित बैठकको निर्णय अनुसार संगठनको १७ औं वार्षिक साधारण सभा भदौ १ गते हुने अध्यक्ष दर्पण श्रेष्ठले बताए ।साधारण सभा बिहान ८ बजेदेखि सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा सुरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
साधारण सभामा सहभागी हुन संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई उनले आग्रह गरे ।साधारण सभामा अध्यक्ष, महासचिवको प्रतिवेदन, लेखापरीक्षण तथा कोषाध्यक्षको प्रतिवेदन, विधान संशोधनलगायत प्रस्तावमा छलफल हुने संगठनकी महासचिव लक्ष्मी अधिकारीले जानकारी दिइन् ।संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु समेत गर्दै आएको वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए ।
कमेन्ट गर्नुहोस्