लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेयर बजार: होटल समूहको सूचकमा ‘अलटाइम हाइ’

tillotmacitynews - 2024 Jul 21 10:52 PM
IMG

तिलोत्तमा सिटी, २०८१,साउन ६ गते । सेयर बजार बढ्न थालेसँगै यसअन्तर्गतको एउटा क्षेत्र होटल तथा पर्यटन सूचकले भने ‘अलटाइम हाइ’ विन्दु बनाएको छ । आइतबार समग्र बजारको परिसूचक नेप्से २.५४ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूहको सूचक ४.२१ प्रतिशत बढ्यो ।योसँगै होटल तथा पर्यटन समूहको सूचक ६४०४ अंकमा पुगेको छ । यसअघि बजार बन्द हुँदा होटल समूह गत पुस ३ गते हालसम्मकै उच्च ६०८८ विन्दुमा पुगेको थियो भने इन्ट्राडेमा ६१६८ सम्म पुगेको थियो ।


यस समूहमा जम्मा ६ वटा कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये आइतबार सोल्टी होटलको मूल्य सबैभन्दा ७.२ प्रतिशत बढ्यो । तारागाउँ रिजेन्सीको २.७, ओरियन्टल होटलको २.२, चन्द्रागिरि हिल्सको ३.१, सिटीको २.२ प्रतिशत मूल्य बढ्यो भने कालिन्चोक दर्शनको १ प्रतिशत घट्यो । समग्र नेप्से परिसूचक नेप्से २१०६ अंकमा हुँदा गत पुसमा नै होटल तथा पर्यटन समूहले उच्च रेकर्ड बनाएको थियो । त्यसयता नेप्से नै १९६० अंकभन्दा तल झर्न सकेन । नेप्से बढ्दै जाँदा होटल तथा पर्यटन समूहले अघिल्लो उच्चतम रेकर्ड पनि तोड्यो ।


देशमा विदेशी पर्यटकको संख्या बढेकाले यस क्षेत्रका कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण उत्साहजनक थियो । चौथो त्रैमासिक वित्तीय विवरण पनि राम्रो आउने अपेक्षा लगानीकर्ताको छ ।


कमेन्ट गर्नुहोस्