लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुरोटमा प्रयोग हुने पदार्थको उत्पादन आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन

tillotmacitynews - 2024 Jul 18 05:29 PM
IMG

तिलोत्तमा सिटी २०८१ साउन ३ गते । चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।


बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्नुहुँदै सभापति अब्दुल खानले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर असर पारेको र विभिन्न रोगबाट पीडित भएकाले नशालु पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो ।


उहाँले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने पनि बताउनुभयो । सभापति खानले, ‘‘नेपालमा सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थहरूको आयात तथा निर्यातको विवरण समितिलाई उपलब्ध गराउन निर्देशन गर्ने, चुरोडमा प्रयोग हुने फलेभर,क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर रोगबाट पीडित भएकाले नशालु पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने ।’’


उहाँले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धी कच्चा पदार्थहरूको आयात तथा निर्यातको विवरण समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्