
तिलोत्तमा, जेष्ठ २५ गते २०८१।तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम द्रुतिकरण कार्यक्रमबाट अन्जु थापा उत्कृष्ट भएकी छन । थापा अञ्जु सेनेटेरी प्याड तिलोत्तमा–१ मा रहेको छन । त्यस्तै फस्ट रनरअप सीमसन फेसन डिजाईनिङ्ग इन्सटीच्युट तिलोत्तमा–५ का सञ्चालक सीमा शर्मा पाण्डे रहेकी छिन । उत्कृष्ट भएकी थापाले १ लाख र पाण्डे ७५ नगद पनि हात पारे । उनीहरुलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ट खाँणले सम्मान गरे । त्यस्तै उत्कृष्ट ९ मध्ये ७ जनाले पनि नगर ५०/५०हजार सहित सम्मानित भएका छन। तिलोत्तमा नगरपालिका अन्तर्गतको यो चौथो संस्करण कार्यक्रम गरिएको दायित्वका कार्यकारी निर्देशक सुशित ढकालले जानकारी दिए ।
वृद्धि उन्मुख महिला उद्यमीहरुको पहिचान, छनोट भएका उद्यमीहरुको उद्यम सोच, सिप र क्षमता अभिवृद्धि साथै उद्यम विकास, नेतृत्वविकास,उद्यमीहरुको वित्तिय पहुँच वृद्धि गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको ढकालले बताए । दायित्वले तिलोत्तमा नगरपालिकासंगको सहकार्यमा चौथो संस्करणमा ८० महिलाहरुबाट २० र २० महिला उद्यमीबाट सवल १० महिलाउद्यमी चयन गरेको थियो । उस अन्तर्गत महिला उद्यमीहरुलाई विभिन्न विधामा सक्षमिकरण गर्दै व्यवसायिक योजना, वित्तिय पहुंच, वजारीकरण , प्राविधिक साझेदारी र उद्यम बृद्धिका लागि महत्वपुर्ण आयामहरुमाकामगर्दै छनोट भएका ९ महिला उद्यमीले छनौट भएका थिए ।
कमेन्ट गर्नुहोस्