
तिलोत्तमा,२०८१ जेष्ठ २ गते। रुपन्देहीको तिलोत्तमा मणिग्राममा क्रिमसन कलेज अफ टेक्नोलोजीद्धारा सञ्चालित क्रिमसन अस्पताल १३ औ बर्षमा प्रवेश गरेको छ । वि.स. २०६८ साल जेठ ३ गते स्थापना भएको अस्पताल आफ्नै जग्गाको भवनमा २ सय बेडमा सञ्चालनमा रहेको छ । १३ औ बर्ष स्थापनाको अवसरमा जेठ ३ गते विरामीहरुको लागि ओपीडी टिकट निःशुल्क गरिएको अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले जानकारी दिए । अस्पताल परिषरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाण्डेले जेठ ३ गतेको लागि प्रयोगशाला सेवामा अन्य दिनको तुलनामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।
अस्पतालमा अहिले प्रदेशमा नै पहिलो पटक ब्रोनोस्कोपी ( शरीरमा अक्सिजनको मात्रा हेरेर उपचार गरिने बिधी ) सेवा विस्तार गरिएको अस्पताल सञ्चालक तथा प्रबन्ध निर्देशक तथा हाडजोर्नी बिशेषज्ञ डा. शेखरप्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार अस्पतालमा बर्षमा ६६ हजार बढिले ओपीडीमा सेवा लिने गरेका छन् भने २४ हजार बढिले भर्ना भएर अस्पतालको सेवा लिएका हुन । अस्पतालमा निकट भविश्यामा आमा सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा सेवा(बिमा) कार्यक्रम लगायतको सुरुवात गर्न लागिएको अस्पतालका प्रबन्धक डा. पोखरेलेको भनाई छ ।
अस्पतालमा हाल २२ जना कन्सल्टेन्ट चिकित्सक र २४ जना एमबीबीएस गरेका चिकित्सकले सेवा दिदै आएको अस्पतालले जानाएको छ । आईभीएफ सेवा समेत सुरुवात गर्ने तयारी गरिएको उक्त अस्पतालले विपन्न परिवारको लागि निःशुल्क सेवा, नेपाल सरकारको निःशुल्क मृगौला डाईलाईसीस सेवा समेत दिदै आएको छ ।
पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त क्रिमसन कलेज अफ टेक्नोलीजीबाट सञ्चालित क्रिमसन अस्पतालले यो बर्षदेखि पिसीएल नर्सीङ्ग सेवा समेत सुरुवात गर्ने कलेजका प्रिन्सिपल देवी प्रसाद भण्डारीले जानकारी गराएका छन्। पत्रकार सम्मेलनको संचालन अस्पतालका प्रशासन शाखा प्रमुख चन्द्रकान्त बस्यालले गरेका थिए।
कमेन्ट गर्नुहोस्