लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेयर कारोबार रकम बढ्यो, फाइनान्स २.४ प्रतिशत बढ्यो

tillotmacitynews - 2024 Apr 24 05:05 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख १२ गते । बुधबार सेयर बजारको परिसूचक नेप्से स्थिर प्रायः रहँदा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब ५ करोडको धितोपत्र कारोबार भएकोमा आज २ अर्ब ५३ करोडको कारोबार भयो ।


नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर कारोबार उच्च रहेकाले कारोबार रकम बढेको देखिएको हो । सो कम्पनीको ६३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भयो । नेप्से परिसूचक भने जम्मा ०.१५ अंक बढेर १९६९.१७ अंकमा रह्यो । कुल ११३ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने १५ को स्थिर रह्यो । समूहगत रुपमा हेर्दा फाइनान्स समूह सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो । बैंकिङ ०.२१ र उत्पादन समूह ०.७५ प्रतिशत बढे । ब्यापार ०.१२, अन्य ०.०९, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०५, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२०, लगानी ०.२८, होटल तथा पर्यटन ०.४४ र विकास बैंक समूह ०.१३ प्रतिशत घटे ।


पोखरा फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ८.८, सपोर्ट माइक्रोफाइनान्सको ७.५, नेपाल फाइनान्सको ५.५, नारायणी विकास बैंकको ४.४, मल्टिपर्पोज फाइनान्सको ४.१ र बोटलर्स नेपाल बालाजुको ४ प्रतिशत मूल्य बढ्यो ।माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घट्यो । महिला लघुवित्तको ३.८ तथा रिभरफल्स पावरको ३.३ प्रतिशत मूल्य घट्यो । कारोबारका आधारमा नेपाल पुनर्बीमा संस्थापकपछि पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, नेपाल फाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।

कमेन्ट गर्नुहोस्