लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

IMG

तिलोत्तमा सिटी,२०८० वैशाख ९ गते । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा बन्द भएको छ। आइतबारको बजारमा दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रूपैयाँँको कारोबार भएको थियो।


अघिल्लो दिनको तुलनामा कारोबार रकममा १६ करोड रूपैयाँले वृद्धि भएको हो। यस दिन ३१० वटा धितोपत्रको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच भएको हो। आइतबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन दोल्ती पावरको सेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४८७ रूपैयाँ कायम भएको छ।


यस्तै, एनआइसी एशिया लघुवित्तको मूल्य ८.४७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७०० रूपैयाँ ७० पैसा पुगेको छ। पिपुल्स पावरको सेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०८ रूपैयाँ कायम भएको छ। यस्तै, खानीखोला हाइड्रोपावरको सेयरमूल्य ५.४७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २३० रूपैयाँमा झरेको छ।


आइतबार गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८७ रूपैयाँ १० पैसामा १० करोड २१ लाख बराबरको सेयर कारोबार भएको हो।


यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०१ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सर्वोत्तम सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८१८ रूपैयाँमा ७ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको भने बाँकी ११ समूहको परिसूचक बढेको छ। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९० प्रतिशतले बढेको छ। 

कमेन्ट गर्नुहोस्