लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा ग्रिन हाइड्रोजन 'गेम चेन्जर' हुन सक्छः कुलमान घिसिङ

IMG

तिलोत्तमा,२०८१ बैशाख ५ गते।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका लागि ग्रिन हाइड्रोजन 'गेम चेन्जर' हुन सक्ने बताएका छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले जलविद्युतको विकल्पमा ग्रिन हाइड्रोजन प्रयोग गर्न सकिने बताए।'अहिले सुख्खा मौसममा बिजुली अपुग हुने गरेको छ। वर्खामा बेच्नै पर्ने अवस्था छ।


वर्खामा खेर जाने बिजुली कसरी स्टोरेज गर्ने भन्दा यसको विकल्प हाइड्रोजन हुन्छ,' उनले भने।विश्वमा ग्रिन हाइड्रोजनबारे 'इनोभेसन' भइरहेको समेत उनले बताए।'यसको उपयोगिता पेट्रोल, डिजेल प्रतिस्थापन गर्ने मात्रै होइन। ठुल्ठुला उत्पादनमूलक उद्योगमा पनि महत्वपूर्ण योगदान पुग्छ। तर हाइड्रोजनको उत्पादन लागत र ट्रान्सपोटेशन खर्च अत्याधिक महँगो हुन आउँछ,' उनले भने।उनले ग्रिन हाइड्रोजनको मूल्य कसरी सस्तो बनाउन सकिन्छ भन्नेतर्फ अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए।नेपालले अहिले एमोनिया, केमिकल फर्टिलाइजर लगायत रसायनिक पदार्थ महँगो शुल्कमा आयात गरिरहेको बताउँदै नेपालमै उत्पादनको ठूलो सम्भावना रहेको उनले उल्लेख गरे।

कमेन्ट गर्नुहोस्