लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्रामको ताज रेस्टुरेन्ट एण्ड लजमा मिठो स्वादसंगै सुबिधै-सुबिधा

IMG

तिलोत्तमा,२०८१ बैशाख २ गते। रुपन्देहीको तिलोत्तमा-५ मणिग्राम ओम शान्ति पथ मा संचालित ताज रेस्टुरेन्ट एण्ड लजमा सुपथ मुल्यमा खाना बस्नको सुबिधा सञ्चालनमा आएको छ । करिब १० वर्ष कोरिया बसी नेपाल फर्कीआएका सञ्चालक सन्तोस ज्ञवालीले जानकारी दिए । करिब २० लाखको लगानीमा सञ्चालन भएको होटल एण्ड लजमा एसी र ननएसी सहितको एट्याच कोठाहरु रहेका छन् । स्पेसल रुपमा मटन तासको स्वाद चखाउने सो होटलमा मदिरा समेत एमआरपी रेटमै पाइने संचालक ज्ञवालीले बताए।  


होटेलमा भेज , चिकेन, मटन, सबै आइटमहरु,लोकल कुखुराको आइटम, हाँसको आईटम, कोल्ड ड्रिंक्स लगायत अन्य टिपिकल नेपाली लोकल आइटमहरुको सेवा दिने सञ्चालक ज्ञवालीले जानकारी दिए। होटल व्यवसायलाई मर्यादित र पारिवारिक बनाउने उदेश्यका साथ् आफुहरुले खाना खाजा र बसाईंका लागि उपयुक्त ठाउ मणिग्राममा संचलान गरेको संचालक ज्ञवालीले बताए। मणिग्राम चोक देखि ५० मिटर उत्तर सर्भिसलेन पश्चिम पट्टी रहेको सो होटलमा पारिवारिक बाताबरनामा अर्गानिक खाना र सुविधायुक्त  रुमहरु उपलब्ध रहेको छ। 

कमेन्ट गर्नुहोस्