
तिलोत्तमा,२०८० चैत्र २ गते।रुपन्देही व्यापार संघमा आवद्ध खुद्रा तथा किराना एवं फिड्स तथा दाना व्यवसायीहरुको वृहत भेलाले वस्तुगत उपसमितिहरु गठन गरेको छ । संघको सचिवालयमा भएको उक्त भेलाले गोपालकुमार प्रधानको संयोजकत्वमा ११ सदस्यीय खुद्रा किराना उपसमिति र मिनप्रसाद नेपाल –बिमल)को संयोजकत्वमा १४ सदस्यीय फिड्स तथा दाना उपसमिति गठन गरेको हो । किराना वस्तुगत उपसमितिको सह–संयोजकमा शालिकराम श्रेष्ठ, सचिवमा दिपक काफ्ले, सह–सचिवमा मोतिप्रसाद श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यहरुमा शालिकराम बस्याल, भरत पौड्याल, बोधराज पराजुली, शुभास काफ्ले, महेन्द्र गुप्ता, गोपी कानु, ठाकुर पाण्डे र सल्लाहकारमा खिमराज पाण्डे (शंकर), टिकाराम गैरे रहेका छन् । यस्तै फिड्स तथा दाना उपसमितिको सह–संयोजकमा रशेम आचार्य, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा प्रदिप कुँवर, सह–सचिवमा कमल बस्याल, सह–कोषाध्यक्षमा सन्तोष कार्की रहनुभएको छ भने सदस्यहरुमा खुमानन्द गैरे, प्रकाश जिसी., डोलबहादुर सारु, मधुसुदर बस्नेत राजु खड्गी, मनिष राना, रेखा बस्नेत, संजिता भुषाल(पन्थ) एवं सल्लाहकारहरुमा हरिप्रसाद कंडेल, गोविन्द बहादुर खड्का, रामबहादुर खत्री, लक्ष्मण प्रसाद श्रेष्ठ र टंकप्रसाद पन्त रहनुभएको छ ।
भेलामा बोल्दै कार्यक्रमको प्रमुख अतिथि संघका महासचिव फर्सुराम पन्तले संस्थागत हित र संस्थाको सुदृढिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने भन्दै सबैलाई जिम्मेवार भएर पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले एकताबद्ध अभियान र सांगठनिक सहकार्यबाटै समस्याहरुको समाधान हुने बताउदै व्यवसायको सफलताको समेत शुभकामना दिनुभयो ।यस्तै भेलामा संघका द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मनिराम खनाल, सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, मानार्थ सदस्य ऋषिराम पाण्डे, कार्यसमिति सदस्य वृन्दा भट्टराई आचार्य र माधव ज्ञवालीलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकास पार्दै बस्तुगत उपसिमितिहरुलाई रचनात्मक क्रियाकलापहरु अगाडि बढाउने बिश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका कार्यसमिति सदस्य जिवनारायण घिमिरेको अध्यक्षता र खिमराज पाण्डे (शंकर)को संचालनमा सम्पन्न भएको थियो ।भेलामा संघका सह–सचिव नामदेव पाण्डे र कार्यसमिति सदस्य केशवराज पन्थले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा धारणा राखेका थिए । उक्त कार्यक्रम संयोजक चुरामणि पौड्यालकोे अध्यक्षतामा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्