
तिलोत्तमा,२०८० फाल्गुण २५ गते।अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरेको अवस्थामा रुपन्देही प्रहरीले अन्दाजी मूल्य रु. १२ लाख ८४ हजार ४ सय बराबरको सामान बरामद गरेको छ । अवैध सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ स्थित हर्दीबाट ७ वटा कार्टुन (१९० जोर) गाडीसहित अन्दाजी मूल्य रु. ९ लाख ६६ हजार बराबरको सामान बरामद गरेको छ । लु १ च १५९० नम्बरको पीकअप गाडीमा ल्याउँदै गरेको उक्त सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।त्यस्तै सिद्धार्थनगर नगरपालिका–१ स्थित बाईपासमा भारतको महाराजगंज जिल्ला थाना सुनौली ग्राम तिलावाका ३२ वर्षिय जग्गु साहानीले चलाएको साईकलमा रहेको अन्दाजी ५६ केजीको तामा प्रहरीले बरामद गरेको छ । साहानीसहित अन्दाजी मूल्य रु. ८४ हजार ७ सय बराबरको तामाको तार सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।त्यसै गरी ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित वाइपासचोकबाट झाडु ५९ थान, हर्बल न्युट्रेशन फार्मुला ३ थान गरी अन्दाजी रु. १७ हजार बराबरको सामान नियन्त्रणमा लिएको डीएसपी भट्टले जानकारी दिए ।
वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले बुधबार ओमसतिया गाउँपालिका वडा नम्बर २ पडसरीस्थित पुनमपथमा बेवारिसे अवस्थामा रहेको अन्दाजी मूल्य रु. ७६ हजार ५ सय बराबरको ७५ पिस साडी बरामद गरेको छ ।त्यस्तै बुधबार प्रहरी बिट बसपार्क रुपन्देहीबाट खटिएको टोलीले बुटवल उप–महानगरपालिका वडा नम्बर ९ स्थित नयाँ बसपार्कबाट अन्दाजी मूल्य रु. ९८ हजार ६ सय बराबरको निलो हुक्काको फेलेबर ८ सय २३ पिस बरामद गरेको छ ।त्यसै गरी शुक्रबार प्रहरी चौकी शिवपुर गोनाहाबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ५ स्थित लुथुवा पुलबाट साडी ३१ पिस, लेङगा ६ पिस र कुर्ता सुरुवाल १७ पिस गरी अन्दाजी मूल्य रु. ५० हजार ६ सय बराबरको सामान बरामद गरेको छ ।
दुईलाख बराबरको होलीको सामान बरामद
रुपन्देहीमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मंगलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी मूल्य दुईलाख बराबरको सामान बरामद गरेको हो ।प्रहरीले बरामद गरेको सामानमा पिच्कारी २३० पिस, बच्चाको जुत्ता र चप्पल ३२ जोर, जेन्स जुत्ता १३७ जोर, टिसर्ट ३५ पिस, रंग १९ प्याकेट र बेलुन १५ प्याकेट रहेका छन् ।बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।
कमेन्ट गर्नुहोस्