
तिलोत्तमा,२०८० फाल्गुण २५ गते। होटल पौवाले कला र संस्कृति संरक्षणलाई जोड दिएको छ । शिवरात्रीको प्रसाद पौवाको स्वाद भन्ने नारासहित संस्कृतिको संरक्षण ,भजन किर्तनको उल्लास मनाउन यस बर्षको शिवरात्री पौवा संग मनाऔ ,संगै नाचौ संगसंगै खाऔ भन्दै बिशेष कार्यक्रमको आयोजना गरेको छ।भजन किर्तनको उल्लास संगै महाशिवरात्रीको दिन फागुन २५ गते साझ ६ बजे देखि बिशेष कार्यक्रम हुने होटल पौवातिलोत्तमा शाखा योगिकुटीले बताएको छ। पौवामा कार्यरत प्रत्येक कर्मचारीले प्रत्येक दिन राष्ट्रिय पोशाक लगाएर काम गर्दै आएको पौवाका जनसम्पर्क तथा ब्राण्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।‘यति मात्र नभएर पौवाले विभिन्न चाडपर्वमा संस्कृतिको जर्गेना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
हरितालिका तीज, शिवरात्री, माघी, खिर खाने, चिउरा खाने दिनमा विभिन्न कार्यक्रम गर्दै आएको छौं । सराय नाच प्रदर्शन कार्यक्रम पनि हुँदै आएको छ, ’भण्डारीले भने। नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारको ब्राण्डिङ गर्दै आएको पौवाले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्न नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम गर्दै आएको उनले बताए ।नेपाली परिकार र परम्परागत नेपाली सत्कारलाई आत्मसाथ गर्दै सेवा प्रदान गर्दै आएको पौवाले अंग्रजी नयाँ वर्षमा पनि सम्पूर्ण नेपालीपाराको सत्कार, परिकार र सेवा प्रदान गर्दै आएको होटल पौवा भैरहवाका प्रबन्धक गिरीराज पाण्डेले बताए । ‘पौवाले नेपाली चाडपर्व, भाषा संस्कृति विशेष र जनजातीहरुको मौलिक परम्पराहरुमा विशेष कार्यक्रम गर्दै आएको छ, ’पाण्डेले भने ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रलाई आत्मसाथ गरेको होटल पौवा ग्राहकको रोजाइ बन्ने गरेको छ ।पौवाले नेपालीपनलाई जोड दिएको दावी गरेको छ । पौवाले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारको प्रस्तुति हुने गरेको छ ।नेपाली हस्पिटालिटीको मूल उद्देश्यका साथ २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १२ वटा शाखा रहेका छन् । १३ औं शाखाका रुपमा बाँकेको नेपालगन्जमा नयाँ शाखा सुरु गरिएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए ।लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका पूर्वअध्यक्ष समेत रहेका भैरहवाका गोविन्द प्रसाद गिरीले होटल पौवाले राम्रो आतिथ्य तथा सत्कार गर्दै आएको बताए । उनले भने, ‘अंग्रेजी नयाँ वर्षको पूर्व संन्ध्यामा होटल पौवा भैरहवाले आइतबार आयोजना गरेको न्यू इयर इभ–२०२४ मा दर्शक तथा ग्राहकको घुँइचो थियो । पौवाले उत्कृष्ट व्यवस्थापन गर्दै आतिथ्य सत्कार गरेको देखिन्छ । यसले पनि पौवा अगाडि छ भन्ने देखाउँछ ।’ आगामी दिनमा पनि उत्कृष्ट सेवालाई निरन्तरता दिन गिरीको आग्रह छ ।
कमेन्ट गर्नुहोस्