
तिलोत्तमा,२०८० फाल्गुण २५ गते।रुपन्देही व्यापार संघमा आवद्ध कस्मेटिक तथा श्रृंगार व्यवसायीहरुको वृहत भेलाले कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमिति गठन गरेको छ ।संघको सचिवालयमा भएको भेलाले उक्त भेलाले सरोज ज्ञवालीको संयोजकत्वमा १२ सदस्यीय कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमिति गठन गरेको हो । कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको सह–संयोजकमा जिवन काफ्ले, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा बिनय कसौधन, सह–सचिवमा कल्पना शर्मा, सह–कोषाध्यक्षमा विमल आचार्य रहनुभएको छ भने सदस्यहरुमा सुमन न्यौपाने, विकास गुप्ता, टिका सुनार, शंकर पौडेल, रविन ज्ञवाली, परमानन्द शर्मा र सल्लाहकारहरु मनिमदिन मिया, मित्रलाल कंडेल, विजय सुवेदी, न्यामत दिन मिया रहनुभएको छ ।
सो भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रुपन्देही व्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले व्यवसायीक एकताबाट मात्र व्यवसायीहरुको समस्या समाधान गर्न सकिने बताउदै त्यसका लागि पहल गर्न आग्रह गर्नु भयो । अधिकारीेले संघको गरिमा र उद्देश्य पुरा गर्न उपसमितिको सक्रियता र व्यवसायीहरुको खबरदारी जरुरी हुने उल्लेख गर्दै व्यापार संघ सधै व्यवसायीहरुको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, द्वितिय उपाध्यक्ष प्रेमनाथ पाण्डे, कोषाध्यक्ष मणि खनाल, सह–सचिव प्रकाशराज पौडेल, सह–कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराई, कार्यसमिति सदस्य शोभाकुमारी जोशी क्षेत्रीलगायतले विभिन्न पक्षहरुका बारेमा बोल्दै व्यवसायीहरुको संगठनात्मक भूमिका र औचित्यका बारेमा प्रकास पार्दै बस्तुगत उपसिमितिहरुलाई रचनात्मक क्रियाकलापहरु अगाडि बढाउने बिश्वास व्यक्त गर्नुभएको थियो ।भेलाको अध्यक्षता संघका कार्यसमिति सदस्य तथा उपसमितिका संयोजक गोकुल ज्ञवालीले गर्नुभएको थियो भने संचालन सचिव सरोज ज्ञवालीले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्