लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भन्सार छलेर भित्र्याइएको २६ लाख रुपैयाँबराबरको सामान बरामद

tillotmacitynews - 2024 Mar 07 07:57 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । नेपाल प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट र पाल्हिनन्दन गाउँपालिकाको गेर्मीबाट भन्सार छलेर भित्र्याइएको  २६ लाख रुपैयाँबराबरको सामान बरामद गरेको छ । बुधबार जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको एम.एस. स्क्रप (कवाड खाना) मा छापा मारेर १९ लाख ८० हजार रुपैयाँबराबरको ३० कार्टुन मोबाइलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए । बरामद भएको सामान इलाका प्रहरी कार्यालय बर्दघाटले आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको छ ।


यसैगरी बुधबार नै भारतबाट भन्सार छलेर नेपाल ल्याइएको १ सय ४९ बोरा चिनी प्रहरीले बरामद गरेको छ । पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेर्मीस्थित एक गोदाममा लुकाएर राखेको अवस्थामा प्रहरीले छापा मारेको हो । सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा राजश्व अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले ५ लाख ९६ हजार बराबरको चिनी बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

कमेन्ट गर्नुहोस्