लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सर्वोत्तमको आईपीओ शुक्रबार बाँडफाँट हुने

tillotmacitynews - 2024 Mar 04 02:05 PM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन २१ गते । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट हुने जनाएको छ । गोलाप्रथाबाट आवेदकलाई न्यूनतम ५० कित्ताका दरले शुक्रबार सेयर बाँडफाँट हुने क्यापिटल डेपुटी सीईओ नलिना श्रेष्ठले जानकारी दिइन् । सर्वोत्तमको आईपीओमा १० लाखभन्दा धेरैले आवेदन दिएका छन् । करिब २० अर्ब रुपैयाँ आवेदकको बैंक खातामै ब्लक भएको छ । कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि कम्पनीले आवेदन माग गरेको थियो ।


कम्पनीको आईपीओ जम्मा ५५ हजार ५२१ जनाले पाउने छन् । बुक बिल्डिङ निर्देशिकाअनुसार न्यूनतम ५० कित्ताका लागि नै आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ता नै दिइनुपर्ने व्यवस्था छ । बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।

कमेन्ट गर्नुहोस्