
तिलोत्तमा,२०८० फाल्गुण २० गते।हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. काे चाैथाे वार्षिकाेत्सब तथा स्थापना दिवस शनिबार संस्थाकाे कार्यालय परिसर तिलाेत्तमा-२ मा सम्पन्न भएकाे छ ।संस्थाका अध्यक्ष लाेकनाथ पाण्डेको अध्यक्षतामा भएकाे कार्यक्रममा ७० वर्ष उमेर पुगेका ३५ जना ज्येष्ठ शेयर सदस्य तथा शेयर सदस्यका अभिभावकलाई सम्मान गरिनुका साथै ज्येष्ठ नागरिककाे सुगर परिक्षण समेत गरिएकाे थियाे।
कार्यक्रमका प्रमुख अतिथि तिलाेत्तमा २ का वडाध्यक्ष डिलबहादुर भट्टराईले कार्यक्रमकाे उद्घाटन गर्दै सहकारीले ज्येष्ठ नागरिकको सम्मान गरेर मनाेबल बढाउनुका साथै पुराना पिढीकाे याेगदानकाे कदर गरेकाे बताए । कार्यक्रममा जनप्रतिनिधि सावित्रा आचार्य, डाेलबहादुर थापा, खेमराज पाठक, सहकारीका पुर्व अध्यक्ष यादवनाथ आचार्य लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सहभागीकाे तिलाेत्तमा हाई टेक ल्याव मणिग्रामले निःशुुल्क सुगर परिक्षण गरेकाे हाे ।कार्यक्रम संस्थाका उपाध्यक्ष हाेमप्रसाद शर्माकाे स्वागत एवम् सचिव ताेलाकान्त डुम्रेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
कमेन्ट गर्नुहोस्