
तिलोत्तमा,२०८० फाल्गुण २० गते। जनउत्थान बचत तथा ऋण सहकारी संस्था रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा नेतृत्व विकास तथा स्वास्थ्य सचेतना तालिम कोटिहवा सम्पन्न भएको छ।तालिमको अवसरमा बोल्दै तिलोत्तमा वार्ड न-१५ का वडा अध्यक्ष खेमराज गुरुङले सहकारीको माध्यमबाट आर्थिक तथा सामाजिक परिवर्तन गर्न सकिने भन्दै तालिम पछि समाजको नेतृत्व गर्ने गरि तयार हुन र महिला स्वास्थ्य सचेतना जगाउन आग्रह गर्नु भयो। कार्यक्रममा तिलोत्तमा वार्ड न-१५ का सदस्य क्षितिजा पौडेलले महिला दिदिबहिनीहरु सक्रिय भएर अघि बढ्ने र नेतृत्व तहमा पुग्नलाई शुभकामना दिनु भएको थियो।
केन्द्रिय बचत तथा ॠण सहकारी संघ (नेफस्कुन) का संचालक सदस्य तथा तालिमका प्रमुख सहजकर्ता ज्ञानु पौड्यालले तालीमले बोल्ने कुराको मात्र बिकास नगरि जिवनलाई सहज रुपमा अगाडि बढन सक्ने बताउनु भयो कार्यक्रममा नेतृत्व बिकास सम्बन्धी ज्ञानु पौड्यालले र स्वास्थ्य सचेतना सम्बन्धी वरिष्ठ महिला रोग तथा प्रसुती विशेषज्ञ डाक्टर ज्योति रानाले सहजिकरण गर्नु भएको थियो। तालिम पश्चात सहभागीको तर्फदेखी केश कुमारी लुइँटेलले सिकेका कुरा व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभएको थियो। जनउत्थान बचत तथा ऋण सहकारी संस्था कोटिहवा रुपन्देहीका कार्यवाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वार्ड न-१५ का अध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचीव सरु रानाले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्