
तिलोत्तमा सिटी, २०८० माघ १९ गते । ब्राजिलको राजधानी ब्रासिलियामा नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा 'एक्स्पो नेपाल २०२४' शुरु भएको छ । 'एक्स्पाे' मा नेपाली व्यवसायीले २२ प्रदर्शनी कक्ष राखेका छन् ।प्रदर्शनी कक्षमा नेपाल घुम्न चाहनेका लागि विभिन्न आकर्षक प्याकेजका साथै नेपाली मौलिक खानाका परिकार, नेपाली गलैँचा र नेपाली कलासंस्कृति झल्काउने काठका सामग्री राखिएका छन् ।एक्स्पो भोलिसम्म चल्नेछ । हिजो भएको समारोहमा विभिन्न २० भन्दा धेरै देशका राजदूतको उपस्थिति थियो । एस्पोले ब्राजिलका नागरिकलाई नेपाल घुम्नैपर्ने देश हो भनेर जानकारी दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्