लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाऊन्नकोटी बनद्वारा आयआर्जन समुहलाई निर्ब्याजी ऋण र सामाग्री

IMG

तिलोत्तमा,२०८० फाल्गुण १७ गते। बाउन्नकोटी सामुदायिक बनले आय आर्जन समूहलाई सहयोग गरेको छ। बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहले  गरिबी न्यूनीकरण तर्फ चौधवटा आयआर्जन समुहलाई अठार महिनासम्मको लागि रु १ लाख निरव्याज  ॠण र सामाग्री सहयोग गरेको छ ।सामुदायिक बनका अध्यक्ष लिल बहादुर क्षेत्रीले  कार्यक्रममा आय आर्जन समूहले यो १  लाखको चेक हस्तान्तरणपछि हरेक तीनतीन महिनामा अन्तरक्रिया कार्यक्रम गर्दा  प्रतिवेदन तयार गरेर प्रस्तुत गर्नुपर्ने बताउनुभएको थियो। हरेक समुहलाई सामुदायिक वन समितिले अनुगमन गर्ने पनि जानकारी दिनुभएको छ।              


कार्यक्रमको स्वागत गर्दै  उपाध्यक्ष धनराज शर्माले वनको विकासमा सबैले सहयोग गर्नु पर्ने बताउनु भएको हो ।महासचिव दिनेश अर्यालले एक लाख ठूलो  रकम नभए पनि  आयआर्जनको काम गर्दा  थप रकम सहयोग भएको बताउनुभयो । सो अवसरमा बोल्दै कोषाध्यक्ष दुर्गी कुमारी रानाले अब छिट्टै आय आर्जन समुहलाई अचार बनाउने तालिम ,सिलाई बुनाई तालिम , आलु   केरा चिप्स दालमोठ बनाउने लगायतको तालिम छिट्टै शुरु हुने बताउनु भएको हो ।कार्यक्रममा निवर्तमान अध्यक्ष भोला यादव ,सचीव शशी कला गुरुङ लगायतले पनि आ आफ्ना मन्तव्य राख्नु भएको थियो ।     


आय आर्जन समुहको तर्फदेखि बोल्दै टीकाराम सापकोटा र पारु सुनारले न्युन आय भएका समुहको लागि यसरी निरव्याज ॠण र सामाग्री दिएर ठूलो सहयोग गरेको बताउनु भएको हो ।बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहले हरेक आय आर्जन समुहलाई  रजिष्टर र माइन्युट राख्नको लागि बाकस समेत हस्तान्तरण गरेको छ।


कमेन्ट गर्नुहोस्