लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु: प्रधानमन्त्री

tillotmacitynews - 2024 Feb 13 06:32 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ। मङ्गलवार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझाव पत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।


भेटमा प्रधानमन्त्रीले भन्नुभयो, यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हर हालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो, उहाँले भन्नभयाे ।

कमेन्ट गर्नुहोस्