लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जहाज भाडामा लिन निगमले बोलपत्र आह्वान गर्‍याे

IMG

तिलोत्तमा, माघ २३ गते २०८०।नेपाल वायु सेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।अहिले निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप अहिले भइरहेका न्यारोबडी जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागेको निगमको भनाइ छ ।


भाडामा ल्याउने जहाजले दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिने निगमले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान भर्ने निगमको योजना छ । नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरूले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ ।


यसैबीच नेपाल र स्विट्जरल्यान्डबीच द्विपक्षीय हवाई सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको एक कार्यक्रमका बीच नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता भएको हो । अब दुवै देशका विमानस्थल र एअरलाइन्सले आपसी सम्झौता र समझदारीमा एकअर्का देशमा उडान गर्न पाउनेछन् । योसँगै नेपालले हवाई सम्झौता गरेका देशको सङ्ख्या ४२ वटा पुगेको छ ।

कमेन्ट गर्नुहोस्