लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फुटपाथ व्यवसायीले गरे काठमाडौं महानगरविरूद्ध आन्दोलनको घोषणा

tillotmacitynews - 2024 Jan 26 08:27 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ १२ गते । शुक्रबार संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले महानगरविरूद्ध बृहत आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गतेदेखि देखि महानगरविरूद्ध आन्दोलन थाल्ने चेतावनी दिएको हो। माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने व्यवसायीको तयारी छ। माघ १६ गते प्रदर्शन गरेर महानगरपालिका भवनमा धर्ना दिने र माघ २८ गते व्यवसायीहरूले बृहत सडक आन्दोलन गर्न लागेको हो। 


नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले स्वरोजगार श्रमिकको अधिकार स्थापित गर्न माघ १७ गते जिल्ला प्रशासन कार्यलय, १८ गते गृह मन्त्रालय, १९ गते प्रधानमन्त्री कार्यालयमा र प्रमुख दलका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताए। 


एक हप्तामा सबै स्वरोजगार श्रमिकहरूलाई एक ठाउँमा ल्याएर माघ २८ गते थाल-चम्चा सहित सडक आन्दोलन तथा महानगर घेराउ गर्ने कार्यक्रम तय भएको उनले बताए। काठमाडौं महानगरले फुटपाथ र साना व्यवसायीहरूको माग सम्बोधन नगरेकाले आन्दोलनमा उत्रिनुपरेको व्यवसायीहरू बताउँछन्।


महानगरले जफत गरेका सामान फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।

कमेन्ट गर्नुहोस्