लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका युवाले खोले मिसन युपिभिसि

tillotmacitynews - 2024 Jan 24 01:46 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ १० गते । स्वदेशमै गरे कसो नहोला त भन्ने उदेश्यका साथ इश्वर भण्डारीले तिलोत्तमा ५ नयाँमिल ( चौपारी पुर्व साइड ) मा करीव १ करोड लगानिमा मिसन युपिभिसि एण्ड आल्मुनियम प्रा लि  सञ्चालनमा ल्याएका छन । केहि वर्ष विदेशमा पशिना बगाएपछि आफ्नै देशमा केहि गरौँ र नयाँ युवा पुस्ताको लागि पनि आशा सिर्जना गरौँ भन्ने उनको भनाइ रहेको छ । पहिला संयुक्त लगानिमा ४ वर्ष युपिभिसि क्षेत्र मै कार्य गरेको र हालै आफैँ एकल लगानिमा उक्त कम्पनि सञ्चालन गरेको बताउनुभयो ।   


युपिभिसिका झ्यालढोका,आल्मोनियमका झ्यालढोका ,किचनका सामाग्रिहरु ,सिसा सम्बन्धि सम्पुर्ण कामहरु ,स्टिल सम्बन्धि सम्पुर्ण कामहरु गरीने साथै आधुनिक‍ मेसिनद्वारा झ्यालढोका जडान सम्बन्धि सेवासुविधा यस कम्पनिबाट प्रदान गरीन्छ । ‘पानीले असर नगर्ने, धमिरा नलाग्ने वातावरणमैत्री झ्याल, ढोका निर्माणका साथै पार्टेसन समेत राम्रो देखिने र लामो समय टिक्छ,’ युवा व्यवसायी भण्डारीले भने। उनका अनुसार युपिभिसीको प्रयोग गरिएको आवास करिव एक सय वर्षसम्म टिक्नेछ।



युपिभिसी तथा आल्मुनियम उधोगका विशेसता बताउँदै साउण्ड प्रुफ रहने, रंग रोगन गर्नु नपर्ने, आगो नटिप्ने, काठ भन्दा आधा सस्तो हुने, सफा गर्न झन्झट नहुने, वर्षौ वर्ष ढुक्क र आकर्षक देखिने, एसि चलाउदा कम बिजुली खपत हुने, किरा, धमिरा नलाग्ने तथा त्रिपट नहुने, घामपानीमा केहि नहुने तथा तातो चिसोले फरक नपार्ने लगाएतका विशेषता रहेको पनि बताउनुभयो ।

कमेन्ट गर्नुहोस्