लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विदेशबाट फर्किएर भैँसीपालन मासिक डेढ लाख आम्दानी

tillotmacitynews - 2024 Jan 23 01:02 PM
IMG

तिलोत्तमा सिटी, २०८० माघ ९ गते । परम्परागत पेसाका रूपमा चार/पाँच वटा भैँसी पालेर गुजारा नचलेपछि दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुग्नुभयो तर सोचेजस्तो आम्दानी हुन नसकेपछि त्यही परम्परागत पेसालाई व्यावसायिक रूप दिएर सन्तुष्ट हुने गरी कमाउनुभएको छ ।  

साउदीमा एक वर्ष इलेक्ट्रोनिक कम्पनीमा काम गर्नुभएका यादवले महिनामा ६०/७० हजारभन्दा बढी कमाइ गर्न सक्नुभएन र लगत्तै देश फिर्नुभयो । अहिले सानाठुला गरेर ७२ वटा भैँसी पाल्नुभएका उहाँले दुध र दही बिक्री गरेर २३ सदस्य परिवारका लागि खर्च जुटाउने मात्र होइन, बचत गरेर जग्गासमेत किनिसकेको बताउनुहुन्छ । यादव भन्नुहुन्छ, “७२ भैँसीमध्ये १७ वटा भैँसीले दुध दिन्छन् । दैनिक करिब ६० देखि ७० लिटरसम्म दुध बिव्रmी गर्छु ।” घरमा भैँसीसम्बन्धी सबै काम आफूले गर्ने र भाइ टेकबहादुर यादवले लमही बजारसम्म पु¥याएर दुध बिक्री गर्नुहुन्छ । “विदेशमा अर्काको अधीनमा बसेर काम गर्दाभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट छु,” उहाँले भन्नुभयो ।

दुध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधीमा लाग्ने गरे पनि बाँकी रकम भने नाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।

भैँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भन्नुभयो, “अहिलेसम्म जे जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु । कतैबाट कुनै सहयोग लिएको छैन ।” आफ्नै मेहनतले पुख्र्यौली पेसालाई व्यवस्थित गर्दै लैजाने सोचमा रहेको उहाँ बताउनुहुन्छ । त्यसका लागि घरपरिवारले पनि साथ दिएको यादव बताउनुहुन्छ ।

कमेन्ट गर्नुहोस्