लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोटरसाइकल वर्कसपबाट परिवार पाल्छन राजु : मासिक ५० देखी ६० हजार कमाउछन

IMG

तिलोत्तमा,२०८० माघ ५ गते । न्यु राजु मोटरसाइकल वर्क सप तिलोत्तमा-५ मणिग्रामका संचालक राजु यादव (राजु मिस्त्री) ले वर्कसपबाट मासिक करीब ५० देखी ६० हजार रुपैयाँ सम्म आम्दानी गर्न सकिने बताउनुभएको छ । बिगत १४ बर्ष देखी बुटवलमा अर्कैको वर्कसपमा काम गर्दै ६ बर्ष अगाडी मणिग्राम चोक देखि १०० मिटर पश्चिमउत्तरमा वर्कसप संचालन गरीरहनुभएका राजुले २ जनालाई रोजगारी समेत दिइरहनुभएको छ ।विदेश जानु भन्दा केहि सानो पुँजीले यही गर्न सकेपनि सहज रुपमा परिवार पाल्न सकिने बताउदै राजुले कैयौ पटक विदेश जाने भुत पनि चढेको बताउनुहुन्छ। पछिल्लो समय व्यापारमा केहि कमि आएपनी रेगुलर ग्राहक र नयाँ ग्राहकको आगमनले राजुलाई थप उर्जा थपेको छ।


११ जनाको परिवारलाई पालनपोषण गर्नु पर्ने राजुको दिनचर्या वर्कसपमै बित्छ। आफ्नो भाईले सवारी चालकको रुपमा कार्यरत हुँदा थोरै भएपनि हल्का भएको थियो तर, पछिल्लो समय उहाँको भाई पनि दुर्घटनामा परी खुट्टा गुमाएपछि सबै घर परिवार आफैले हेर्नुपरेको बताउनुहुन्छ। आफ्नो पसलमा मर्मत संगै मोटरसाइकल र स्कुटरको सबै एसेसरिज समेत पाइने बताउदै राजुले ग्राहकको सन्तुस्टीले नै आफु यहाँसम्म आएको बताउनुहुन्छ।


कुनै बेला घरानीया, व्यापारी तथा सरकारी कर्मचारीहरुको पहुँचमा मात्र मोटरसाइकल रहेका बेलादेखी वर्कसप संचालन गरीरहुभएका राजुले वर्कसपमा मोटरसाइकल मर्मत गर्न दिंदा सेवाग्राही समेत सचेत रहनुपर्ने बताउनुभयो ।“परफेक्ट मिस्त्रिलाई मात्र गाडि मर्मतका लागि दिनुपर्छ”राजुले भन्नु भयो । सवारी साधनलाई बिस्तारै हाँकेमा, समय समयमा मर्मत गरेमा इन्जिनको आयु बढ्ने राजुको तर्क छ ।

कमेन्ट गर्नुहोस्