
तिलोत्तमा,२०८० माघ ४ गते । नेपाली ब्राण्डका कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा-५ मणिग्राम आकासेपुल अगाडी हाइवेमा नेपाली चिनो सञ्चालनमा आएको छ । नेपाली उद्योगबाट उत्पादन भएका कपडाहरुलाई उद्योगबाट सिधै उपभोक्तासम्म पुर्याउने उद्देश्यले नेपाली चिनो शुरु भएको हो । नेपाली ३ प्रकारका हेम्प( गाँजा),उलंन , कटनका विभिन्न उमेर र डिजाइनका नेपाली ब्राण्डका उत्पादन पाईने छ । नेपाली चिनोमा नेपाली कपडा गार्मेन्टका रुपमा स्थापित स्टोरमा हरेक ब्राण्डका महिला,पुरुष र बच्चाका कपडाहरु एकै ठाउँमा पाइने भएको छ ।
भक्तपुरबाट सिधै उत्पादन गरि मणिग्रामका ग्राहकको मागलाई ध्यानमा राख्दै नेपाली कपडाहरु उपभोक्ताहरु माझमा पु¥याउने उद्देश्यले नेपाली चिनोको नामले उत्पादित कपडा पसल सञ्चालनमा आएको नेपाली चिनोका संचालक करनराज खरेलले बताउनु भयो । विभिन्न ब्राण्डका गुणस्तरिय कपडाहरु उपभोक्ताहरुलाई पुर्याउँदा बजारको महँगीमा कमी आउने बताउँदै अब आम उपभोक्ताहरुले पनि कपडाका विदेशी भन्दा पनि नेपाली ब्राण्डलाई प्राथमिकता दिन आवश्यक रहेको खरेलको भनाई छ।
५ लाखको लगानीमा शुरु गरेका करणले पसलमा सिधै फ्याक्ट्रीबाट सामान ल्याइने भएकाले ग्राहकले सस्तोमा राम्रो गुणस्तरका कपडा पाइने जानकारी दिए ।उद्योगहरुबाट ब्राण्डिङ गरेर नेपाली कपडाहरु उपभोक्ताहरु माझमा पुर्याउने उद्देश्यले उत्पादित कपडा नेपाली चिनोको नामले पसल सञ्चालनमा आएको हो। पछिल्लो समय नेपाली उत्पादनका वस्तु भन्दा पनि विदेशी वस्तुहरुको महत्व बढ्दै गएको बेला विदेशी भन्दा पनि नेपाली ब्राण्डलाई प्राथमिकता दिन नेपाली चिनोको शुरुवात थालिएको हो । निकट भविष्यमा नेपाली ब्राण्डका कपडाहरु निर्यात र मुलुकभित्रै खपत गरी मुलुकको अर्थतन्त्रमा थप सहयोग पुर्याउन मद्दत पुग्ने संचालक खरेलले अपेक्षा गरेका छन् । बोर्डर नजिकै भएपनि बिदेशी कपडालाई निरुत्साहित गर्दै मुलुकको आयात प्रतिस्थापन गर्नको लागि पनि नेपाली ब्राण्डका कपडाहरुलाई नेपाल भित्रै खपत गराउने उद्देश्य राखेको नेपाली चिनोका संचालक करनराज खरेलले बताउनु भयो ।
विदेश जानु भन्दा त्यहा जाने पैसाले नेपालमै नेपाली उत्पादनलाई प्रशय दिएर बैंक मार्फत केहि लगानी गरे यही केही गर्न सकिने उनको भनाई छ। नेपाली चिनोमा नेपाली ब्राण्डका सबै खाले कपडा पाइने हुँदा ग्राह क बर्गमा सो उत्पादन प्रयोग गरि नेपाली व्यवसायको प्रबर्द्धन गर्न उनले सुझाव दिएका छन्।
कमेन्ट गर्नुहोस्