
तिलोत्तमा,माघ ३ गते २०८०। करिब ६० लाखको लागतमा मणिग्राममा तिलोत्तमा स्केटिङ्घ हाउस संचालनमा आएको छ । बिशेषगरि किशोर किशोरी एवं साना नानी बाबुहरुलाई लक्षित गरि तिलोत्तमा स्केटिङ्घ हाउस संचालनमा ल्याइएको हो । बिशेषतह पछिल्लो समय बालबालिका एवं किशोर किशोरीहरुमा मोबाइल क्रेज बढ्दै गएको सन्दर्भमा उनीहरुको सामाजिक एवं व्यक्तित्व बिकाश गराउनुका साथै खेलप्रति लगाव बढाउने अभिप्रायले तिलोत्तमा स्केटिङ्घ हाउस संचालनमा ल्याइएको संचालक मध्येका एक डोलराज पोखरेलले जानकारी दिए । तिलोत्तमा स्केटिङ्घ हाउसमा करिब ६० लाखको संयुक्त लगानी छ ।
तिलोत्तमा-५ मणिग्रामचोकमा रामपुरे रेष्टुरेन्ट संचालन गर्दै आएका डोलराज पोख्रेल र तिलोत्तमा-९ मंगलापुरमा किराना व्यवसाय गर्दै आएकी नारायणी अर्यालको लगानी रहेको स्केटिङ्घ हाउसको बुधबार तिलोत्तमा नगरपालिका वडा न ६ का अध्यक्ष गणेश पाठकले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष पाठकले मोबाइलमैत्री बन्दै गएका बालबालिका र युवायुवती माझ स्केटिङ्घ हाउसले खेल भावनाको जागरण गराउने बताए । परम्परागत खेलमा मात्रै सिमित बन्न नहुने भन्दै पाठकले स्केटिङ्घलाई लोकप्रिय बनाउने गरि काम गर्नुपर्नेमा जोड दिए । रुपन्देही फूटबल संघका अध्यक्ष लोक पुनले, नेपालमा इनडोर खेलहरुको प्रचलन बढ्दै गतेको अवस्थामा स्केटिङ्घले राम्रो क्षाप छोडनेमा आफु आशाबादी रहेको बताए ।
चिरन्जीवी बस्यालले संचालन गरेको उद्घाटन कार्यक्रममा तिलोत्तमा स्केटिङ्घ हाउसका संचालक डोलराज बश्यालको अध्यक्ष्यता रहेको थियो भने प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा न ९ अध्यक्ष गणेश पाठक, बिशिष्ट अतिथि रुपन्देही फूटबल संघका अध्यक्ष लोक पुन, तिलोत्तमा स्केटिङ्घ हाउसका प्रोपराईटर नारायणी अर्याल, हाउसका सन्चालिका शान्ति पोख्रेल, ऋषिकेश ढकाल, तिलोत्तमा टेलिभिजनका कार्यक्रम तथा समाचार प्रमुख प्रकाश पाण्डे, तिलोत्तमा सिटीका प्रधान सम्पादक मोहन न्यौपाने, तिलोत्तमा टेलिभिजनका प्रविधि प्रमुख गोपाल पाण्डे लगायत स्थानिय सर्वसाधारणको समेत सहभागिता रहेको थियो । प्रशिक्षक सहित स्केटिङ्घ गर्ने र खेल्ने व्यवस्था रहेको तिलोत्तमा स्केटिङ्घ हाउसमा निकै नै सुलभ मुल्यमा स्केटिङ्घ गराइने संचालकद्वयले जानकारी दिएका छन् । बुधबारबाट अबको ३ दिनसम्म उद्घाटन कार्यक्रम अन्तर्गत निकै नै सुलभ दरमा तिलोत्तमा स्केटिङ्घ हाउसमा स्केटिङ्घ गर्न पाइने व्यवस्था मिलाइएको छ । स्केटिङ्घ गर्न जानेहरुका लागि स्केटिङ्घ हाउस मै जुत्ता लगायत सुरक्षाका सामानहरु उपलब्ध गराइएको प्रोपराईटर नारायणी अर्यालले जानकारी दिएकी छन् ।
कमेन्ट गर्नुहोस्