लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पौवाले खुवायॊ आफ्ना ग्राहकलाई माघी बिशेष खिचडी र चाकु

IMG

तिलोत्तमा,२०८० माघ १ गते ।पौवा होटल योगिकुटीले आफ्ना ग्राहकलाई चुले निम्तो दिंदै माघी बिशेष खिचडी, चाकु, तरुल, सखर, ढिकरी,सेलरोटी, अचार तथा चट्नीको सेट गराई चखाएको छ। नेपाली संस्कृतिको जगेर्नाका लागि पौवाले सधै को बर्ष जस्तै यस बर्ष पनि आफ्नो माघी परिकारको स्वाद ग्राहकलाई चखाएको हो। हरेक चाडपर्वहरुमा पौवाले नेपाली संस्कृति अनुसारका परिकार बनाउदै ग्राहकहरुलाई चखाउदै आएको र नेपाली संस्कृतिलाई पर्यटनका माध्यमबाट प्रबर्द्धन गर्न हस्पिटालिटिको तर्फबाट एउटा प्रायस थालिएको पौवा होटलका ब्राण्ड प्रमुख बिष्णु भण्डारीले बताउनुभयो।     


माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ती पर्व आज देशभर नदी तथा जलाशयमा स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले माघ १ गतेलाई माघे (मकर) संक्रान्ति भनिन्छ भने आजबाट उत्तरायण अर्थात सौर्य मास अनुसार भुमध्य रेखाबाट सुर्य उत्तरतर्फ लाग्ने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।


हिन्दु धर्मग्रन्थमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रका बिद्धान डा. बाबुराम ज्ञवाली बताउँछन् । डा. ज्ञवाली भन्छन् -धर्मशास्त्रका अनुसार उत्तरायण शुरु भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ ।माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाएमा त्रिदोष नाश हुने धार्मिक विश्वास छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । त्यस्तै शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास  छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता पनि छ । 

कमेन्ट गर्नुहोस्