
तिलोत्तमा,२०८० पौष २८ गते ।पेट्रोलयम व्यवसायीले नेपाल आयल निगममा जुन परिणामको लागि रकम भुक्तानी गरिएको हो सोही अनुपातमा पेट्रोलयम पदार्थपाउन नसकेको गुनासो गरेका छन । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा वोल्ने व्यवसायीले पैसा तिरे अनुसार आयल निगमबाट पुरा तेल नपाएको गुनासो गर्दै आएका पेट्रोलियम व्यवसायीले बैंक ग्यारण्टीमा समेत पेट्रोलयम पदार्थ पाउने व्यवस्था गर्न माग गरेका छन् । व्यवसायीले लगानी अनुसार प्रतिफल नपाएको गुनासो गरेका छन ।
कार्यक्रममा बोल्दै नेपाल आयल निगमका निमित्त कार्यकारी प्रमुख नगेन्द्र शाहले जहां समस्या छ, त्यहीबाट समाधान खोज््नु पर्ने र त्यसका लागि निगम व्यवसायीको साथमा रहेको बताउनुभयो । उहांले बैंक ग्यारन्टीमा तेल पाउनु पर्ने व्यवसायीको हकमा माग ठिक भएपनि भारतबाट तेल ल्याउंदा नगद भुक्तानी गर्नुपर्ने भएकाले सम्भव नभएको बताउनुभयो । उहांले नेपाल आयल निगमले आफ्ना कमजोरी सुधार गर्ने प्रतिवद्वता जनाउनुभयो ।लुम्बिनी प्रदेशका सांसद वैजनाथ जयसवालले नीजि क्षेत्रका व्यवसायीलाई हेर्ने आयल निगमको दृष्किोण ठिक नभएको बताउंदै व्यवसायिका समस्या प्रदेश सभामा उठाउने बताउनुभयो ।नेपाल आयल निगमका वितरण विभाग प्रमुख पूर्ण रिजालले आयल निगमले व्यवसायीलाई तेल कम नदिएको दावी गर्दै विश्वास नलागे आफै आएर दाम अनुसार तेल नापेर लैजान व्यवसायीलाई आग्रह गर्नुभयो । रुपन्देही प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले देशको कानुन कार्यान्वयनमा सम्झौता गर्न नसकिने बताउंदै जनतालाई सेवा दिने गरी व्यवसाय चलाउन आग्रह गर्नुभयो ।
नेपाल आयल निमग भलवारी डिपो कार्यालय प्रमुख कमला न्यौपानेले सहज आपूर्ति र विक्री वितरणमा भएका कमजोरीलाई आयल निमगले सुधार गरेको दावी गर्दै व्यवसायलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका महासचिव विश्वप्रसाद अर्यालले राजनीतिक नेतृत्वले नीजि क्षेत्रको समस्या बुझ्न नसक्दा समस्या भएको बताउंदै डिजेलमा लगाईएको कर घटाएर मुल्य समायोजन गर्नुपर्नेमा जोड दिनुभयो । पश्चिमाञ्चल पेट्रालियम डिलर्स एशोसिएशन बुटवलका अध्यक्ष हिमाल गैरेले व्यवसायीका मागप्रति आयल निगमलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरतबहादुर विक, नेपाल चेम्वर अफ कर्मशका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, सिद्वार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, पश्चिमाञ्चल ट्रक यातायात समितिका अध्यक्ष यमप्रसाद पाण्डेय, पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघका अध्यक्ष राकेशकुमार कसौधन, पेट्रोलियम डिलर्स एशोसिएशन बुटवलका पूर्व अध्यक्ष पे्रम न्यौपाने, पत्रकार दामोदर खनाललगायले बोल्दै सरकारलाई नीजि क्षेत्रका व्यवसायीका समस्याप्रति गम्भीर बन्न आग्रह गर्नुभयो ।महासचिव हरिराम कसौधनको सञ्चालनमा कार्यक्रम भएको थियो ।
कमेन्ट गर्नुहोस्